इजरायलका धार्मिक संस्थाहरु द्वारा संयुक्त श्रीकृष्ण जन्माष्टमीको कार्यक्रम गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७५ श्रावण २६, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

इजरायलमा स्थापित हिन्दु धर्मालम्वीहरुद्वारा स्थापित विभिन्न धार्मिक संस्थाहरुले संयुक्त  रुपमा श्रीकृष्ण जन्माष्ठमी बिशेष कार्यक्रमको आयोजना गरि यस बर्षको श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने भएका छन् ।

“धर्म द्वारा समाजको रुपान्तरण,धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान” मूल नाराका साथ विगत लामो समयदेखि आफ्नो धर्म संस्कृतिको रक्षार्थ क्रियाशिल  हिन्दु जागरण नेपाल अभियान इजरायल, “सुख सितल करु संसार” भन्ने  मूल नारालाई आतमसात गर्दै धार्मिक गतिविधीहरु गर्दै आइरहेको धार्मिक संस्था श्रीकृष्ण प्रणामी गैर आवासीय युवा परिषद इजरायल र “राष्ट्र,राष्ट्रियता, स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको अभियान” भन्ने नाराका साथ आगाडि बढेको धार्मिक संस्था ओम् जन जागरण अभियान इजरायलको संयुक्त आयोजनामा यसपालीको जन्माष्टमी मनाउने तयारी भएको आयोजकले जनाएका छन् ।

आगामी ७ सेप्टेम्बर शुक्रवार तेलअभिवको यशोधामाला ४४ मा बिशेष धार्मिक प्रवचन तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि श्रीकृष्ण जन्माष्टमी प्राक्टय महोत्सव २०१८ मनाउने तयारी गरिएको आयोजक समितीका सुवास थापाले एवान नेपाल डट कमलाई बताउनुभयो ।

श्री कृष्ण जन्माष्टमी तिथी अनुसार २ सेप्टेम्बर परेको भएता पनि इजरायलमा रहेका नेपालीहरुको विदाको प्रकृतिलाई मध्यनजर गर्दै शुक्रबार-शनिबार छुट्टीको दिन पारेर ७ तारिखका दिन मनाउन लागिएको आयोजकले स्पष्ट पारेका छन् ।

शुक्रबार साझ ७ बजे देखि शुरु गर्ने समय निर्धारण गरिएको उक्त कार्यक्रममा उपस्थितीकोलागि इजरायलमा रहेका सम्पूर्ण संघ संस्था,अनलाईन मिडिया तथा धार्मिक मनहरुलाई हार्दिक अामन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

यही भाद्र २९ गते,  शनिवार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका स्थायी घर भै हाल काठमान्डौ रहेका नेकपा एमालेका आम नेता कार्यकर्ताहरुको काठमान्डौ तीनकुने स्थित रोयल ब्यन्केटको..