अर्जेन्टिना र इजरायलबीचकाे मैत्रीपूर्ण खेल रद्ध

२०७५ जेष्ठ २३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अन्तराष्ट्रिय एजेन्सी –  अर्जेन्टिनाले फिफा विश्वकप तयारीका लागिअर्जेन्टिना र इजरायलबीच हुने मैत्रिपूर्ण खेल नखेल्ने घोषणा गरेको छ ।

इजरायलले प्यालेस्टाइनमाथि दमन जारी राखेको भन्दै उसले खेल रद्ध गरिएको अर्जेन्टिनी खेलाडी गोञ्जालो हिग्वुइनले बताएका छन् । खेलकुदसम्बन्धी अनलाइन इएसपीएनसँग कुरा गर्दै उनले भनेका छन्, ‘अन्तिममा आएर हामीले उचित निर्णय गरेका छौं ।’

बिबिसीका अनुसार, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले खेल रद्ध नगर्नका लागि अर्जेन्टिनी समकक्षी मोरिसियो म्याक्रीसँग आग्रह गरेका थिए । खेल आउने शनिबार जेरुसेलममा हुने तय भएको थियो ।

 

अर्जेन्टिनास्थित इजरायली दुतावासले पनि खेल रद्ध भएको पुष्टी गरेको छ । अर्जेन्टिनाले खेल रद्ध गरेपछि इजरायल–प्यालेस्टाइन सीमामा रहेको गाजा क्षेत्रमा खुशीयाली छाएको छ ।

यहाँ केहीसमयदेखि फरि इजरायलविरोधी प्रदर्शन चर्किएको छ भने इजरायली सेनाले कम्तीमा एक सय २० प्रदर्शनकारीको हत्या गरेको बिबिसीले उल्लेख गरेको छ । प्यालेस्टिनी फुटबल संघले खेल रद्ध गरेकोमा विज्ञप्ति निकालेर अर्जेन्टिनी खेलाडी लियोनल मेसी र सम्पूर्ण खेलाडीलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय