वलिउड अभिनेता राजपाल यादवलाई ६ महिना जेल सजाय, यस्तो हो मुद्धा

२०७५ बैशाख १२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नयादिल्ली ११ वैशाख। चेक बाउन्स भएको आरोपमा दिल्लीको कडकडडूमा अदालतले सोमबार बलिउड अभिनेता राजपाल यादवलाई ६ महिनाको जेल सजाय सुनाएको छ ।

अदालतले उनलाई तीन लाख पचास हजार रुपैयाँ धरौटीमा जमानत दिएको छ । अभिनेता यादवमाथि ७ वटा चेक बाउन्स भएको आरोप लागेको थियो । यादवलाई प्रति चेक एक करोड ६० लाख रुपैयाँ हर्जना तिर्न अदालतले आदेश दिएको छ । राजपाल यादव र उनकी पत्नी राधासहित उनको कम्पनीका सात जनालाई चेक बाउन्स भएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो । जमानत प्राप्त गरेपछि अभिनेता यादवले आफूले अदालतको फैसलाको सम्मान गर्ने बताए ।

यस्तो हो मुद्धा
सन् २०१० को अप्रिलमा मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडले चेक राजपाल यादवको चेक बाउन्स भएको विषयमा मुद्धा दायर गरेको थियो ।

राजपाल यादवले ‘अता पता लापत्ता’ फिल्म बनाउनका लागि त्यस कम्नीसँग पाँच करोड रुपैयाँ सापटी लिएका थिए । २०१२ को नोभेम्बर २ मा फिल्म पनि रिलिज भयो तर उनले त्यो पैसा फर्काएनन् । उनले दिएको चेक बाउन्स भयो ।

यसै विषयमा राजपाल यादवलाई सन् २०१३ मा दश दिन न्यायिक हिरासतमा राखिएको थियो । राजपाल यादवले भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय