रक्तचाप नियन्त्रण गर्न के गर्नु पर्छ?

द्वारा प्रकाशित गरिएको हो |
२०७४ चैत्र ३, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

-डा. ओम मुर्ति अनिल

सर्वप्रथम उच्चरक्तचापको कारण छ कि छैन पत्ता लगाउनुपर्छ र सो कारणलाई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु उत्पन्न हुनबाट रोक्नुपर्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ । स्वस्थ जीवनशैली कसरी अपनाउने ?

यदि तपाँई धुम्रपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ ।

यदि तपाँईमा मोटोपनाको समस्या छ भने कम्तीमा १० प्रतिशत तौल घटाउनुपर्छ ।

यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ ।

यदि तपाईँमा मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवन गर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ ।

यदि तपाईँले नुनिलो खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ अर्थात नुन कम खानुपर्छ ।

उच्चरक्त चाप नियन्त्रणका लागि परिवर्तन गर्नुपर्ने जीवनशैलीको अर्को उपाय तपाईँमा मानसिक तनाव छ भने तनाव कम गर्नुपर्छ ।

अन्य उपायहरु पोटासियमयुक्त खाना धेरै खानुपर्छ : पोटासियम(K+) बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ । साईट्रस फ्रुट्स जस्तै सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ ।केरा र अन्य ताजा फलफुलमा पनि पोटासियम बढी पाइन्छ । ताजा फलफूल नियमित खानुपर्छ : ताजा फलफुलमा पाईने भिटामिन, मिनेरल्स र फाइवरले मुटुलाई स्वस्थ् राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ । प्रशस्त हरियो सागसब्जी खानुपर्छ : प्रतिदिन नियमित २,३ चोटि हरियो सागसब्जी खानुपर्छ ।

माछाको प्रयोग फाइदाजनक मानिन्छ : हप्तामा दुई पटक माछा खाँदा राम्रो हुन्छ । रक्तचापको नियन्त्रणले असामयिक मृत्युबाट बचाउँछ  :- उच्च रक्तचापको नियन्त्रण जरुरी हुन्छ । रक्तचाप जति कम हुन्छ त्यति नै राम्रो मानिन्छ । यदि तपाईँ औषधि खाईराख्नु भएको छ भने रक्तचाप झन नियन्त्रणमा हुनुपर्छ । जुनसुकै बेला रक्तचाप १४०/९० हुनुपर्छ ।रक्तचाप १२०/ ८० भन्दा कम भएमा भने राम्रो हुन्छ । कतिपय विरामीहरुको रक्तचाप औषधि खाएर पनि नियन्त्रण नभएको देखिन्छ । त्यस्तो अवस्थामा औषधिको मात्रा बढाएर रक्तचापको नियन्त्रण गर्नुपर्छ । जीवनशैलीमा थप परिवर्तन गर्नु पनि उत्तिकै जरुरी हुन्छ । मुटुरोगीहरुको रक्तचापको नियन्त्रण त झन राम्रो हुनुपर्छ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

रमेश प्रसाईको सहभागितामा इजरायलमा वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा  सम्पन्न, रमेश जोशीले प्राप्त गरे प्रथम स्थान

रमेश प्रसाईको सहभागितामा इजरायलमा वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा सम्पन्न, रमेश जोशीले प्राप्त गरे प्रथम स्थान

ए1न्यूज इजरायल एनआरएनए-एनसिसी इजरायलले चर्चित पव्लिक स्पिकर रमेश प्रसाईको उपस्थितीमा आयोजना गरेको प्रतियोगितामा कैलालीका रमेश जोशीले पहिलो स्थान हात पारेका छन् । जोशी करिव डेढ..