एउटा पागल  – झपेन्द्र बैद्य, प्युठान

२०७४ फाल्गुन १६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

v

-झपेन्द्र बैद्य, प्युठान

घनघाेर बादल भित्र छ पागल

मानबताहीन संबेदनाहीन पागल

फाेहरकाे डुंगुरमा रमाउँछ पागल

एक दलाल अनियन्त्रित पागल

जहाँ जहाँ मादल त्यहीं जान्छ पागल

मादलकाे तालमा नाच्ने पागल

क्रुर तानाशाही पागल

भ्रम छरेर साधु बन्छ पागल

युवाहरू परदेशमा ,चाेक्टा   लुछ्दै रमाउँछ पागल

सीप काैशल परदेशमा बिकास ल्याउँछ पागल?

जनता भाेक भाेकै, बलात्कारकाे चित्कार

कमिशनकाे खेल र अत्याचार

जति हाहाकार उती रमाउँछ पागल

एउटा कालाे बादल भित्रकाे पागल

याैटा याैटा टाेकिदिन्छ पागल

बिदेशी शक्तिमा बाँचेकाे पागल

गण्डकी काेसी पानी बेच्छ महाँजाली

अनि उपल्लाे कर्णाली र महाकाली

जनता घायल ,अाफू बन्छ स्वाँठे नाठे

जनता एकजुट भएर मुकुण्डाे च्याथे

बिदेशी ठेकेदार पाे रहेछ पागल

कालाे बादल भित्र महाँ पागल।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय