साउदी सेनामा महिला भर्ना खुला

२०७४ फाल्गुन १६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
साउदी महिलातस्वीर कपीराइटAFP/GETTY
हालै साउदी महिलालाई फुटबल हेर्न जान खुला गरिएको थियो

साउदी अरेबियाले देशको सेनामा पहिलो पल्ट महिलाहरुलाई भर्ना गर्न आवेदन खुला गरेको छ।

आन्तरिक मामिला मन्त्रालयले यो महिनाको अन्त्यसम्मको समयसिमा तोक्दै केही प्रान्तहरुमा सैनिक पदका लागि आवदेन दिन महिलाहरुलाई आह्वान गरेको छ।

खुला गरिएका पदका सैनिकले युद्धको अग्रमोर्चामा जानु पर्ने छैन तर ती महिलाहरुलाई गुप्तचर विभागमा काम गर्ने अवसर दिइने छ।

बदलिँदै साउदी अरेबिया

साउदीमा अब महिलाले पनि गाडी चलाउन ‘पाउने

रियाद, मक्का, अल-काशिम र मदिना प्रान्तहरुमा सैनिक पदमा भर्ना हुनका लागि त्यहांका महिलाहरुसंग आउंदो विहीबार सम्मको समय छ।

प्रावधान

आवेदकले पालना गर्नु पर्ने विभिन्न १२ वटा शर्तहरु पनि सार्वजनिक गरिएको छ जसमा आवेदकको उमेर २५ देखि ३५ वर्षको हुनु पर्ने र कम्तिमा माध्यमिक तहको विद्यालय शिक्षा हासिल गरेको हुनुपर्ने आदि प्रावधानहरु छन्।

बीबीसीका अरब मामिला सम्पादक सेबास्टिएन अशर भन्छन्, साउदी अरेबियाका महिलाहरुका हकमा यो फेरि अर्को पहिलो घटना भएको छ।

तर देशका लागि युद्ध लड्ने अग्रमोर्चामा महिला सैनिकहरुले तुरुन्त लड्न जान भने पर्ने छैन।

तिनीहरुले सवारी चालक र सडक नियम पालना सम्बन्धी कामहरु पनि गर्नु पर्नेछ।

अब साउदी अरेबियामा महिलाहरुलाई पनि सवारी चालक अनुमति पत्र दिइने हुंदा तिनीहरुको कामको यो महत्वपूर्ण क्षेत्र हुनसक्छ।

रुपान्तरण

यो सबै युवा युवराज मोहम्मद बिन सलमानले आर्थिक र सामाजिक रुपान्तरणका लागि थालनी गरेका एक महत्वाकांक्षी परियोजनाको भाग हो।

राजा सलमानको नामबाट यसअघि नै जारी अध्यादेश अनुसार आगामी जुन महिनादेखि महिलाहरुले सवारी साधन चलाउन पाउने भएका छन्।

त्यसैगरी गत महिना देखि फुटबल प्रतियोगिताहरुमा महिला दर्शकहरुलाई पनि सहभागी हुन अनुमति दिइएको थियो।

साउदी अरेबिया भित्र र बाहिरकाहरुलाई परिवर्तनको गतिले अचम्भित तुल्याउन कायमै राखेको छ।

विशेष गरी युवा साउदीहरुले सरकारको नयां कदमलाई उत्साहपूर्वक स्वागत गर्ने गरेका छन्। तर यी परिवर्तनका आलोचकहरु पनि छन् जो हालको साउदी रणनीति, खासगरी विदेशनीतिको सन्दर्भमा, जोखिमको नयां अंश देख्‍ने गर्छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय