गीत-तिमी हिड्ने बाटो बेग्लै,मैले हिड्ने बाटो बेग्लै

द्वारा प्रकाशित गरिएको हो |
२०७४ फाल्गुन १४, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

-धरती कल्पना

तिमी हिड्ने बाटो बेग्लै,मैले हिड्ने बाटो बेग्लै
घाम छायाँ जस्तो भयौ,बाच्नु पर्ने एक्लै एक्लै

तन टाढा भए पनि,मन्को दुरी छैन कत्ति,
सपनीमा भेट हुँदा ,हुन्छौ एकै दियो बत्ति
साथ सबै बिर्सु भन्छु,आई दिन्छ याद बनि
सबै सामु हास्नै पर्छ,आँशु जति बगे पनि

तिमी हिड्ने बाटो बेग्लै,मैले हिड्ने बाटो बेग्लै
घाम छायाँ जस्तो भयौ,बाच्नु पर्ने एक्लै एक्लै

तारा पनि झर्छ हेर गगनको साथ छोडी
कोशी पनि बग्न थाल्यो आज आफ्नै धार मोडी
भेट्नु छुट्नु रित रै’छ,सम्झनाको जालो बुन्दै
जुनी त्यसै बित्ने भयो कल्पनामा याद तुन्दै

तिमी हिड्ने बाटो बेग्लै,मैले हिड्ने बाटो बेग्लै
घाम छायाँ जस्तो भयौ,बाच्नु पर्ने एक्लै एक्लै

***

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

उल्लेख्य इजरायलवासी नेपालीहरुले लिए मनोस्वास्थ्य चिकित्सकसँग परमर्श

उल्लेख्य इजरायलवासी नेपालीहरुले लिए मनोस्वास्थ्य चिकित्सकसँग परमर्श

ए वान न्युज इजरायल अलि महमद गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एन आर एन ए एन सी सी )इजरायलले विश्व महामारीको रुपमा फैलिएको..