यात्रारत चिकित्सकले जहाजमा यात्रुलाई सुरक्षित डेलिभरी गराए!

२०७४ माघ २१, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीबाट अमेरिकातर्फ उड्दै गरेको विमानमा एक बेलायती महिलाले बच्चालाई जन्म दिएकी छिन्।

उनले एटलान्टिक महासागरभन्दा करिब ३५ हजार फिट माथि विमान उडिरहेका बेला बच्चा जन्माएकी हुन्। महिलाले जनवरी १७ मा विमानमा छोरालाई जन्म दिएको बताइएको छ। ती महिला चार वर्षीया छोरीसँगै यात्रा गरिरहेकी थिइन्।

गर्भवतीको भारतीय मूलका अमेरिकी चिकित्सक सिज हेमलले अर्की बाल चिकित्सकको सहयोग लिएर विमानमै डेलिभरी गराएका थिए। उनीहरूले प्रसव पीडामा रहेकी महिलालाई आफूले सम्हाल्ने भन्दै जहाजका चालक दललाई आश्वस्त पारेका थिए।

अमेरिकाको क्लिभल्यान्ड क्लिनिकका युरोलोजिस्ट रहेका हेमल सोही विमानमा न्युयोर्क जाँदै थिए।

दुवै डाक्टरले विमानमा रहेको मेडिकल किट्सबाट महिलाको ब्लड प्रेसर, अक्सिजन र पल्सको जाँच गरेका थिए।

क्लिभल्यान्ड क्लिनिकले प्रेस विज्ञप्ति जारी गर्दै ग्रिनल्यान्डको दक्षिणी तटमाथि ४१ वर्षीया बैंकर टोयिन ओगन्डिपले बच्चा जन्माएको बताएको छ।

न्युयोर्क आउन ४ घन्टा बाँकी छँदा विमानमा बच्चाको जन्म भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय