कहाली लाग्दो घटना: फुलचोकीको जंगलमा हराएका जोन रुखको चेपमा भेटिए

२०७४ माघ २०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सात दिनसम्म ललितपुरको फुलचोकी जंगलमा हराएर रुखको चेपमा अड्किएको अबस्थामा उद्धार गरिएका १७ बर्षिया जोन तामांगको ग्वार्को स्थित बीएन्डबीअस्पतालमा उपचार भैरहेको छ।

उनको हात-खुट्टाका औंला तथा छाला निलो भएको छ। दुवै खुट्टा सुन्नीएको छ। घुँडामा सामान्य समस्या देखिएको छ।आफै उठ्न सक्दैनन् । सात दिनसम्म घना जंगलमा अलपत्र पर्दा चिसो पसेका कारण यस्तो समस्या देखिएको हो। ‘धन्न मेरो छोराको भाग्य बलियो रै’छ। यो माघको ठण्डीमा फुलचोकी जंगलमा अलपत्र पर्दा पनि उद्दार गर्न सकियो” आमा रिमाले भनिन। चिकित्सकको सल्लाहमा आई सी युमा राखिए पनि जोन खतरा मुक्त छन्। बिशेष काममा बाहेकका मानिसलाई उनीसंग भेट्न दिइएको छैन। कोहि मान्छे भेट्न जादा उनि झस्किने गरेको रिमाले बताइन। राती पनि उनि पटक पटक झस्किने गरेका छन्। “उसले बचाऊ बचाऊ भनेको रहेछ तर हिडडुल गर्ने मानिसहरुले सुनेनछ’, रिमाले भनिन्।

थसिखेल स्थित शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत उनी लगायत अन्य कक्षाका साथी र प्रिन्सिपल दुर्गा बहादुर ओली संगै हाइकिंग गएका थिए । फुलचोकी हाइकिंग गएर फर्किनेक्रममा उनि हराएको ओलीले प्रहरीलाई बयान दिएका छन्।

ओलीको बयानलाई आधार मानेर अहिले केहि भन्न नसकिने परिवारका सदस्यको भनाइ छ।’बाटो बिराएर एक्लै हिड्दा लडेको पनि हुनसक्छ. कसैले धकलीदिएको पनि हुनसक्छ। बास्तबिकता जोन निको भएपछी थाहा होला’, परिवारका सदस्यको शंका छ। जोन हराएदेखि उनि अध्ययनरत स्कुल बन्द छ। आजको अन्नपूर्ण दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय