छबि ओझा र शिल्पा पोखरेलको बिहे बैशाखमा

२०७४ माघ १९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच चलचित्र ‘मंगलम’को रिलिजपछि विवाह हुने भएको छ। रेखा थापासँग छुट्टिएपछि शिल्पालाई फिल्म क्षेत्रमा डेभ्यु गराएका निर्माता ओझा शिल्पाको फिल्म क्षेत्र मात्रै नभइ जीवनमा समेत नजिकिएका थिए।

नयाँ फिल्म ‘मंगलम्’ को प्रचार प्रसारका क्रममा नेपालगन्ज पुगेका ओझाले फिल्म रिलिजपछि वैवाहिक जीवनमा बाँधिने बताएका हुन् । शिल्पासँग फिल्म क्षेत्रमा सफलता पाएपछि व्यक्तिगत जीवन समेत सफल हुने निश्चित गरी विवाह गर्ने योजनामा पक्का भएको निर्माता ओझाले सञ्चारकर्मीसँग बताए।

तपाईंहरुको सम्बन्धको गरिने चर्चा औपचारिक रुपमा कहिले जोडिन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्माता ओझाले भने, ‘हामी एउटै क्षेत्रमा सँगै काम गरिराखेका छौं, यसमा नाम जोडेर चर्चा हुनु नौलो होइन । अहिले फिल्म रिलिजकै तयारीमा व्यस्त छौं, फिल्मको काम सकिएपछि विवाह गर्ने योजनामा छौं।’

उनले शिल्पा र आफ्नो पारिवारिक रुपमा कुरा पक्का भइसकेकाले छिट्टै वैवाहिक जीवनमा प्रवेश गर्ने बताए । ‘सधैं सँगै हुँदा सफलतासँगै चर्चा पनि धेरै हुनथाल्यो, त्यसैले हामी दुवै वैवाहिक सम्बन्ध जोड्ने कुरामा सहमत भयौं’ उनले भने, ‘मैले शिल्पाको घरमा गएर खाना समेत खाइसकेँ, उनको परिवार पनि हाम्रो सम्बन्धप्रति पोजेटिभ नै देखिएको छ। फिल्मको काम सक्ने वित्तिकै सम्बन्धलाई औपचारिकता दिने तयारीमा छौं।’छविले विवाहको कुरा गरिरहँदा शिल्पाले पनि आउँदो बैशाखसम्म विवाहमा बाँधिने सहमति जनाएकी छन्।

शिल्पा पोखरेलको ‘मंगलम’ फागुन २५ मा देशैभर प्रदर्शनमा आउँदैछ। त्यसैको प्रचार प्रसारका लागि फिल्म टोली देश दौडाहमा लागेको छ।यसैबीच पश्चिम क्षेत्रमा महोत्सव आयोजना भइहेकाले फिल्मको प्रचार गर्न सहज हुने भएकाले नेपालगन्जमा आइपुगेको फिल्का निर्देशक नवल नेपालले बताए।

उनले फिल्म मंगलम् अन्य फिल्मभन्दा नयाँ कथावस्तु समेटिएको जानकारी दिए। सामाजिक सद्भाव र मानवीय संवेदनालाई यथार्थमा देखाउन खोजिएको छ। मानिसले प्रविधिमा जति सफलता हांसिल गर्दै प्रविधिमैत्री भएपनि मानवीय समवेदनाको रुप सधैं एउटै हुने सन्देश फिल्मले दिएको निर्देशक नेपालको भनाइ छ। फिल्मभित्र चारवटा गीत समावेश गरिएको र द्वन्द्वात्मक दृष्यहरु नभएको बताइएको छ। फिल्मका नायक पुस्प खड्का र पृथ्वीराज प्रसाई पनि फिल्म प्रचारमै लागिरहेका छन्। छविराज प्रोडक्सनको यो २३ औं फिल्म रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय