सलमानसँग किस सिन गर्न चाहन्छु : अर्शी खान

२०७४ माघ १८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बिग बोसको ११आैँ सिजनबाट चर्चामा आएकी अर्शी खानले आफूलाई सलमान खानसँग रोमान्टिक फिल्म गर्न मन लागेको बताएकी छिन् । ‘म सलमानसँग रोमान्टिकका साथै किस सिन गर्न चाहन्छु,’ अर्शीले भारतिय दैनिक पत्रिका नवभारत टाइम्सलाई अन्तर्वार्ता दिदै भनिन् , ‘सलमानले अहिलेसम्म अनस्क्रिन कसैलाई पनि किस गरेका छैनन् । म उनीसँग रोमान्टिक तथा किस सिनमा अभिनय गर्न तयार छु ।’

उनले आफूले बिग बोसको घरमा सलमानको फोटोलाई बारम्बार चुम्बन गर्ने गरेको पनि खुलाएकी छिन् । सलमानले आफ्नो फिल्ममा चुम्बन दृश्य नराख्ने गरेको जानकारी आफूलाई भएको समेत अर्शीले दाबी गरेकी छिन् ।

पर्याप्त सोचविचार नगरी बोल्ने बानीका कारण आलोचनाको सिकारसमेत हुने गरेकी अर्शीले आफू हालै एउटा साउथ इन्डियन फिल्ममा अनुबन्धित भएको र सो फिल्ममा बाहुबली प्रभासले पनि अभिनय गर्ने दाबी गरेकी छिन् ।

अर्शीले आफूलाई बलिउडमा कंगना रनावट निकै मनपर्ने बताएकी छिन् । ‘कंगना निकै बोल्ड छिन् । सत्य कुरा बोल्न डराउँदिनन्, उनमा आडम्बर छैन । म पनि त्यस्तै छु । त्यसैले मलाई कंगना बेस्ट लाग्छ । उनी नै मेरो आदर्श हुन्,’ उनको भनाइ छ ।

त्यसैगरी, अन्तर्वार्तामा उनले आफूलाई महेश भट्टजस्तो निर्देशकसँग काम गर्न मन लागेको खुलाएकी छिन् । ‘मलाई महेश भट्टजस्तो निर्देशकसँग काम गर्नु छ । त्यसैले म उहाँलाई निकै फलो गर्छु,’ उनले भनेकी छिन् ।

अर्शीले अभिनय गर्ने दाबी गरिएको साउथ इन्डियन फिल्मको घोषणा भने अहिलेसम्म भएको छैन । उनी अचेल स्विमङ र जिम टे«निङ गरिरहेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय