पद्मावतको व्यापार ‘आक्रामक’, अजयको हलमा तोडफोड

२०७४ माघ १४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – गत विहीबारदेखि प्रदर्शनमा आएको सञ्जयलिला भन्सालीको वहुप्रतिक्षित चलचित्र ‘पद्मावत’ले विश्व बजारमा आक्रामक व्यापार सुरु गरेको छ ।  वितरक तरुण आदर्शले  फिल्मले दुई दिनमा भारतीय बक्स अफिसमा मात्रै ५६ करोडको व्यापार गरेको  ट्वीटरमार्फत जानकारी दिएका छन् । उनका अनुसार फिल्मले वुधवारको विशेष शो सहित पहिलो दिन विहिवार  २४ करोड र दोस्रो दिन शुक्रबार ३२ करोडको व्यापार गरेको उनले बताएका छन्।

यससँगै ‘पद्मावत’ यस वर्ष ओपनिङमा सबैभन्दा बढी कमाउने फिल्म बनेको छ । विदेशमा पनि फिल्मले राम्रो कमाइ गरिरहेको बताइएको छ । वितरक तरुणका अनुसार अष्ट्रेलियामा १.८८ करोड, न्युजिल्याण्डमा २९ लाख र बेलायतमा ८८ लाख कमाएको छ।

विवादका कारण यो फिल्म भारतका ४ प्रमुख राज्य राजसंस्थान, हरियाणा, गुजरात र मध्यप्रदेशमा भने प्रदर्शन गरिएको छैन्।

रानी पद्मावतीको कथामा आधारित  चलचित्र ‘पद्मावत’मा रणवीर सिंह, शाहिद कपुर र दीपिका पादुकोणको प्रमुख भुमिका रहेको छ ।

१८० करोडमा बनेको फिल्मले

अजय देवगनको थियटरमा आगजनी

यसैबीच पद्मावत प्रदर्शन गरेको भन्दै यूपीमा अजय देवगनको एक थियटर (सिनेमा हल)मा आगजनी गरिएको छ। फिल्मको सुरुदेखि नै विरोधमा उत्रिएको राजपूत करणी सेनाका कार्यकर्ताले एड्भान्स ओपनिङ गरेलगत्तै थियटरमा ढुंगामुडासँगै तोडफोड गरी आगो लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यूपीमा अजयका ४ थियटर छन्। आगजनीको विषयमा अजय केही बोलेका छैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय