गजल – कल्पना पौडेल “जिज्ञासु”, गैडाकोट

२०७४ माघ १२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गजल 

     
आत्माको मिलन भए त्यै सम्बन्धमा घरबार हुन्छ
पिरतीको सौगात बर्से झुपडी पनि दरबार हुन्छ

तिम्रो नै भरोसामा नाता समाज छोडि आएँ
लैजाऊ मलाई धेरै टाढा जहाँ मायाको संसार हुन्छ

जो सँग मिल्छ भावना बस्छ गहिरो प्रीति त्यहाँ
जसले दिन्छ धेरै खुशी त्यै जिन्दगीको हकदार हुन्छ

लोभीलाई धनै प्यारो हितकारीलाई मनको सङ्गम
प्रियसीलाई प्रियतमको हृदय नै सरकार हुन्छ

मायालुको अँगालोले बिर्साउँछ दुख-पीर सारा
एक्लो यात्रा जिन्दगीको आगोको त्यो अङ्गार हुन्छ

कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट नवलपरासी
नेपाल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय