दृष्टिविहीन क्रिकेट टोली अष्ट्रेलियालाई हराएर फर्किदै

२०७४ माघ २, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट


काठमाडौं । पाँचौँ संस्करणको नेत्रहीन एक दिवसीय क्रिकेट खेल्न नेपाली टोली गत पुष १८ गते हिडेको थियो । प्रतियोगिता आउँदो आइतबार सकिँदै छ । दृष्टिविहीन टी–२० विश्वकपको अनुभव बटुलिसकेको नेपालले पहिलोपटक एकदिवसीय ढाँचाको विश्वकप क्रिकेट खेलेको हो ।
लगातार चार खेल हारेको नेपाली टोलीले समूहको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियालाई हरायो । नेपाल त्यस अघि नै प्रतियोगिताबाट बाहिरिएको थियो ।

नेपालसँग हारेपछि अष्ट्रेलिया पनि प्रतियोगिताबाट बाहिरियो । सोमबार नेपालले अष्ट्रेलियालाई ८ विकेटले हरायो । प्रतियोगितामा सहभागि भएको भनेर सम्झिने सन्देश दियो ।

यी दुई  बीचको खेल दुबईमा भएको थियो । अष्ट्रेलियाले दिएको २ सय ९९ रनको चुनौती नेपालले मात्र २ विकेट गुमाएरै पूरा गरिदियो । ६ राष्ट्र सहभागि प्रतियोगितामा नेपाल र अष्ट्रेलिया समूह चरणबाट बाहिरिँदा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश नेत्रहीन विश्वकपको सेमिफाइन पुगे ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय