नागरिक समाजको अवधारणा

२०७४ पुष १७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

अवधारणा,

हाम्रो देश नेपालको राजनैतिक अस्थिरता, बिकृति विसंगति अनि देशलाई डोर्याउने नेताहरुमा भित्रिएको चरम स्वार्थको मुख्य कारणले नेपालको शान्ति र विकास अलपत्र परी पहिलो संविधान सभा नै असफल भएको तितो यथार्थ छँदै छ । गत ४ मंसीर २०७० मा सम्पन्न दोश्रो संविधान सभा निर्वाचनमा विविध कारणले सबै राजनैतिक दलहरुको सहभागिता हुन नसक्नु र सहभागी भएका राजनैतिक दलहरुको हाल सम्मको गतिविधि नियाल्दा फेरी पनि हाम्रो देश नेपालको राष्ट्रियता र राष्ट्रको मुख्य समस्या र आवश्यक्ताहरु ओझेलमा परी व्यक्तिगत र पार्टीगत स्वार्थ अनि मनपरीतन्त्र हावी हुने सम्भावना बढी रहेको नै छ । आफ्नो निहित स्वार्थ पूरा गर्न राष्ट्रको हीतलाई ख्याल नगरी कुनै पनि राजनैतिक दल वा समुहहरुले साना साना कुराहरुमा जहिले पनि नेपाल बन्द, तोडफोड, हिंसा र आगजनी गरिरहेको र आउने दिनमा पनि यही गतिविधिलाई हतियार बनाई सियो पनि बन्न नसक्ने हाम्रो देशमा जनताको करबाट राज्यले किनेको लाखौं करोडौंको बस गाडी एम्बुलेन्सहरु जलाउने सार्वजनिक सम्पतिहरु नष्ट गर्ने, व्यक्तिगत सवारी साधनहरु मोटरसाइकल लगायत बस गाडी तोडफोड गरी आगो लगाई दिने र सर्वहारा गरिव किसान मजदुरको भलाईको गुलियो कुरा गर्दै तिनै श्रमजीवी किसान मजदुरलाई काम गरेर पेट भर्न नदिने, किसानले उत्पादन गरेका दुध तरकारीहरु बजारसम्म पुग्न नपाई खेर जाने, बिरामी मानिसहरु र गर्भवती महिलाहरु अस्पताल नै पुग्न नपाई बाटैमा मर्नु पर्ने, विद्यार्थीहरु स्कुल कलेज जान नपाउने लगायतका अन्य चरम अमानविय कार्यहरु आउने दिनहरुमा रोकिने होइन अझ बढ्ने संकेतहरु देखिएका छन् यस्तो क्रियाकलापले कहिल्यै पनि देश जनता र राष्ट्रको हीत गर्दैन र देशलाई दिनहुँ उजाड र खरानी बनाउने काम गरी रहेको छ । देशको यो दुर्गति हुनुको मुख्य कारण नेपालको घृणित राजनीति नै हो तर हामी सबै सचेत नेपाली नागरिकहरुले यसको दोष अरुलाई दिएर मात्र हुदैन स्वदेश तथा बिदेशमा रहेका सबै नेपालीहरुले आ-आफ्नो ठाउँ बाट राष्ट्रको शान्ति, उत्थान र विकासको लागि अभियानको रुपमा धेर थोर सहयोग र योगदान गर्ने पर्छ भन्ने अभिप्रायले यस प्रवासी नेपाली नागरिक समाज इजरायलले तपसिलमा उल्लेख गरिए अनुसार नेपालमा कुनै पनि राजनैतिक़ दलले प्रभाव पार्न नसक्ने तटस्थ, राष्ट्रप्रेमी र लोकप्रिय पत्यारिलो छवि भएका विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका व्यक्तित्वहरु लगायत अन्य समाजसेवीहरुको नेतृत्वमा एउटा शशक्त “नागरिक समाज“को गठन गरी नेपाल सरकारको नियमानुसार दर्ता गर्ने र यसको खम्वाको रुपमा देशको पचहत्तरै जिल्ला अनि बिदेशमा रहेका नेपालीहरुलाई समेत यसको लक्ष्य र उद्देश्यमा विश्वस्त बनाई हरेक जिल्ला र बिदेशमा समेत नागरिक समाजको संयोजक छनौट गरी “नागरिक समाजको” संजाल विस्तार गर्ने र बिदेशमा “प्रवासी नेपाली नागरिक समाज” को गठन गरी सचेत नेपाली नागरिकको कर्तव्यको थप बोध गराई राष्ट्र राष्ट्रियता प्रति समर्पित गराउन प्रयत्न गर्ने र धेरै भन्दा धेरै संख्यामा नागरिकहरुलाई नागरिक समाजमा आवद्द गराउन विभिन्न गतिविधि संचालन गर्ने ।

नागरिक समाजको उद्देश्य —

राष्ट्रप्रेमी र विकासप्रेमी श्रमजीवी नागरिकहरुलाई संगठित गर्दै राष्ट्रियता र स्वाभिमानको हरेक काम कुरामा खवरदारी गर्ने ।

नेपाल बन्द तथा आम हड्ताल जस्ता क्रियाकलापलाई नेपालबाट संधैको लागि बिदा गर्न र सम्मुन्नत नयाँ नेपाल निर्माण गर्न अनि शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थलको वारेमा संसारभरी पहिचान फैलाई विश्वमा नै नमुनाको रुपमा नेपाललाई शान्तिको देश बनाउन निम्नानुसारको विशेष कार्यक्रमहरु संचालन गर्ने –

* कुनै पनि कुरामा असहमत वा बिरोध जनाउनु पर्दा अन्य कुनै उपायहरु अवलम्वन गर्न सबै राजनैतिक   दल र अन्य संघ संगठनहरुलाई हदै सम्मको अनुरोध गर्ने आन्दोलनकारीले जबरजस्ती नेपाल बन्द र आम हड्ताल घोषणा गरेको अवस्थामा सुरक्षा निकायसंग समन्वय र सहकार्य गरी कुनै पनि प्रकारको क्षति हुन नदिने, जबरजस्त रुपमा हुने नेपाल बन्दलाई निस्तेज पार्न युवा बर्गलाई संगठित र परिचालित गर्ने आवश्यक परेको खण्डमा नागरिक समाजको कोषबाट उक्त दिनको लागि भत्ताको समेत व्यबस्था गर्ने  ।

* अहिलेसम्म भए गरेका नेपाल बन्द र आम हड्तालले राष्ट्र र नेपाली जनतालाई कति नोक्सान गरायो र कसलाई कति फाईदा पुग्यो अब पनि यस्तै गतिविधि गरिरहने हो भने नेपाल र नेपालीको भविष्य कस्तो हुने भन्ने कुराको लेखाजोखा र खोज संकलन गरी गाउँ गाउँ र हरेक विद्यालय तथा क्याम्पससम्म प्रचार-प्रसार गर्ने र नेपाल बन्द र आम हड्तालले गर्ने हानी नोक्सानी र त्यस्तो गतिविधिको विरुद्दमा आम नागरिकलाई संगठित गराउन पत्र पत्रिका लगायत रेडियो तथा टेलिभिजनको माध्यमबाट शिक्षामूलक कार्यक्रमहरु संचालन गर्ने ।

* सवै जात जाती र भाषा भाषी विचको आपसी सम्बन्धलाई अझ मजवुत बनाउन र राष्ट्रिय एकतामा बाँध्न प्रयत्न गर्दै दोश्रो संविधान सभाबाट सहमतिमा संघिय लोकतान्त्रिक सर्वमान्य संविधान निर्माण गर्न दबाबमूलक कार्यक्रमहरु गर्ने ।

* नागरिक समाजको नाममा विभिन्न राजनैतिक पार्टीको गोटी बनेर बसेका नागरिक अगुवाहरुलाई दलगत स्वार्थ भन्दा माथि उठेर राष्ट्र निर्माण र परिवर्तनको पर्खाइमा रहेका नेपाली जनताको हीतको खातिर एउटै नागरिक समाजमा संगठित हुन आग्रह सहित विशेष पहल गर्ने । कुनै पनि दलका नेता वा कार्यकर्ताहरु नागरिक समाजमा आवद्द हुन सक्ने तर नागरिक समाज भित्र कुनै पनि राजनतिक दल विशेषको गतिविधि गर्न नपाइने । व्यक्तिगत र दलगत स्वार्थलाई त्यागेर राष्ट्र राष्ट्रियता अनि नागरिक समाजको उदेश्यलाई शिरोपर गरी आवश्यक परेको खण्डमा राजनैतिक दलको सदस्यता समेत त्याग्न तयार छु भनी कबुल गराउने ।

 

कोष ——-

यस नागरिक समाजको उदेश्यहरुलाई पूरा गर्न विभिन्न कार्यक्रम र गतिविधि संचालनको लागि आर्थिक श्रोत पनि उतिकै दरिलो हुनु र आर्थिक  हरहिसाव पारदर्शी हुनु अति जरुरी छ । हालको लागि यस नागरिक समाजको कोष संचालनको लागि प्रवासी नेपाली नागरिक समाज इजरायलको पहलमा इजरायलमा रहेका देशभक्त राष्ट्रप्रेमी नेपालीहरुबाट स्वेच्छिक रुपमा सहयोग संकलन गरी कम्तिमा १,०००,०००।- (दश लाख) रुपैयाँ पठाउने र अन्य देशमा पनि प्रवासी नेपाली नागरिक समाजको स्थापना गराई मासिक रुपमा आफ्नो देशको शान्ति र विकासको लागि स्वेच्छिक रकम मासिक वा आवधिक रुपमा जम्मा गराई नागरिक समाजको बैक खातामा नेपाल पठाउने । नागरिक समाजले आफ्नो उदेश्य अनुरुप गतिविधिहरु संचालन गरी जनताको आशा र भरोसाको रुपमा स्थापित हुन कठोर प्रयत्न गर्ने । आर्थिक रुपले कुनै समस्या झेल्न नपरोस् भनी किसान, मजदुर, उद्योग व्यवसायी, शिक्षक, कर्मचारी लगायत सबैमा सहयोगको लागि अपिल गर्ने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय