‘तारेभीर’मा नायिकाको एक्सन

२०७४ जेष्ठ २१, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कलाकार प्रेम सुब्बाको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र तारेभीर २ असारबाट प्रदर्शनमा आउने भएको छ । नुमाफुङ, बलिदान, देउमाईको किनारमा, चेसुङ लगायतका चलचित्र र नाटकमा सफल अभिनय गरेका सुब्बाले तारेभीरमा गायन प्रतियोगीता ‘नेपाल स्टार’की विजेता गायिका विष्णु चेम्जोङ, तेक्वान्दोका राष्ट्रिय खेलाडी नविन कार्की र नव नायिका रेखा फागोलाई अभिनय गराएका छन् । डिके देवानले निर्माण गरेको तारेभीरको मिना सिंगकको शब्द, प्रकाश गुरुङको संगीत र रिमा गुरुङको स्वर रहेको गीत ‘निलो निलो खुल्ला आकाश’ युट्युबमा दर्शकले मन पराएपछि चलचित्र टिम उत्साहित बनेको छ । करिब ७० लाख लगानी भएको बताईएको तारेभीरको टिजर र गीतहरु सार्वजनिक भईसकेका छन् । चलचित्रमा समसामयिक आपराधिक घटनाक्रम र त्यसले समाज पारेको प्रभावलाई विषयवस्तु बनाईएको छ । नारी प्रधान भनिएको चलचित्रमा नायिकाहरुको एक्सनलाई ध्यान दिईएको निर्देशन सुब्बा बताउँछन् ।

चलचित्रको कथा अनुसार सुहाउँदो पात्र चयनका लागि मार्सलआर्ट खेलाडी नविनलाई लिईएको र नवनायिका रेखालाई करिब २ वर्ष मार्सलआर्टको तालिम दिएको उनी बताउँछन् । भन्छन् ‘चलचित्रमा लामो समय काम गरेपछि निर्देशन गर्ने आँट गरेको हुँ । नयाँ भएपनि कलाकारले खुब मेहनत गरेका छन् । त्यसैले दर्शकले मन पराउँछन् भन्ने आशा छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय