इजरायलमा न्यू इअर कप 2017 को आयोजना

२०७३ पुष १९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
इजरायल । “नेपाली नेपालीहरु बिचको भाईचारा, सद्भाव तथा स्वास्थ्यका लागि फुटवल” भन्ने मुल नाराका साथ इजरायलमा फेरी एकपटक भब्य फुटवल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
भर्खरैमात्र इजरायलमा रहेका खेलप्रेमीहरु र खेलाडीहरुबिच एकता र सहकार्य गर्दै खेलकुदमार्फत नेपाली खेलकुद जगतको विकास र इजरायलमा रहेका नेपाली र नेपाली भाषीहरु बिच आपसी सद्भभाव, भाईचाराको बिकास गर्ने मुख्य उदेश्यले स्थापना गरिएको सेभेन स्टार फुटवल टिम इजरायलले उक्त खेलको आयोजना गर्न लागेको हो ।
अंग्रेजी नयॉं वर्ष २०१७ को शुरुवातसँगै गरिन लाएको “New Year Cup Futsal Tournament-2017” नामले आयोजना गरिन लागेको शो प्रतियोगिता आगामी  १३ र १४ जनवरी गरी दुई दिनसम्म इजरायलको रमतअभिवस्थित मिनि स्टडियमा संचालन गरिनेछ ।
विगतका दिनहरुमा इजरायलमा भएका विभिन्न प्रतियोगिताहरु भन्दा निक्कै भब्य र सभ्य बनाउने कुरामा आयोजक कत्तिपनि पछि नहट्ने कुराको आयोजक टिमका संयोजक तथा पूर्व राष्ट्रिय खेलाडी सुन्दर नेपालले दावी गर्नुभयो ।
आयोजकका अनुसार यस पटकको प्रतियोगितामा इजरायलमा रहेका  नेपाली युवाहरुको समुह कायापटल, शेर्पा समाज, किरात याक्थुङ चुमलुङ (KYC), माम्स, एनआरएन इजरायल, फ्रेन्ड्स क्लव र आयोजक सेवेन स्टारको तर्फबाट २ सेट रातो र निलो गरी जम्मा ८ वटा फुटवल टिमले सहभागी जनाउने छन् । खेलप्रेमी र खेलाडीहरुलाई हौसला बढाउन तथा फुटवल खेललाई ब्यवसायिक बनाउन उत्तप्रेरित गर्दै इजरायलमा पहिलो पल्ट प्रतियोगिता आयोजक सेवेन स्टार फुटवल टिमलाई पुर्विनेपालको दमकबाट संचालित चर्चित अनलाईन पत्रीका हाम्रो दमक डटकमले स्पोन्सर गर्ने सम्झौता भएको छ । पटक पटक हुने यस खाले प्रतियोगीताहरुमा खेल प्रेमिहरुको उच्च सहभागिता र खेलाडीहरुको मनोवल उच्च राख्न फुटवल टिमलाई यस खाले स्पोन्सरको अति आवश्यक रहेको र त्यसकै थालनिस्वरुप पहिलो पल्ट हामीले गर्न लागेको बताउनु हुन्छ परीक्षित मिडिया प्रा.लि.का प्रवन्ध निर्देशक तथा हाम्रो दमक डटकमका खेमराज जम्मर कट्टेल । आयोजकका अनुसार यहि आउदो शुक्रबार जनवरी ६ तारीक इजरायलको तेलअविवमा एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त समयमा खेलतालिका, खेलको नियम, पुरस्कार लगायत अन्य जानकारीको साथमा स्पोन्सर हाम्रो दमक डटकमले आयोजक टिमलाई फुटवल जर्सी हस्तान्तरण गर्ने कार्यक्रमको तयारी गर्नलागिएको बताईएको छ । बिगतमा इजरायलमा भएका प्रतियोगिताहरु भन्दा निक्कै फरक र पहिलो पल्ट ग्रास ग्राउण स्टेडियममा हुन गईरहेकोले इजरायलमा रहनु भएका सम्पुर्ण खेल प्रेमी, पत्रकार, विभिन्न संघ संस्थाहरुलाई उपस्थित भई खेललाई भब्य बनाउन सहयोग गर्न पनि आयोजकले हार्दिक अनुरोध गरेको छ साथै खेलाडी र खेलप्रेमीहरुको असुविधालाई मध्यनजर गर्दै तेलअभिवको लेवन्स्की पार्कबाट प्रतियोगितास्थल सम्म जानकोलागी यातायातको ब्यवस्था पनि गरिएको आयोजक टिमका संयोजक सुन्दर नेपालले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय