पोर्न फिल्ममा फर्कन चाहदिनन् बलिउड अभिनेतृ सन्नी लियोन

२०७३ मंसिर १०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

sunny-leoneमुम्बई/एजेन्सी– पोर्न फिल्ममा प्रवेशसँगै विभिन्न संघर्षपछि फिल्मी क्षेत्रमा आएर सफल वलिउड अभिनेतृ सन्नी लियोनी  अब पोर्न फिल्ममा नफर्कने बताएकी छिन् । यस क्षेत्रमा आएपछि आफूले नाम र दाम खुबै कमाएको बताउने लियोनले आफू पोर्न स्टार भएयता आमा, बुबाको माया र साथ नपाएको यी अभिनेत्रीको भनाइ छ ।

जीवनमा सबै सफलता पाउँदा पनि अझै अभिभावकको मन जित्न नसकेकोमा उनलाई दुःख लागेको छ । पोर्न फिल्म खेल्ने निर्णयलाई परिवारले नस्विकारेपछि आफूले परिवारविरुद्ध गएर पोर्न फिल्म खेलेको यी अभिनेत्रीको भनाइ छ ।

लामो समयसम्म पोर्न स्टारको रूपमा चर्चा कमाएकी अभिनेत्रीलियोन यतिबेला आफ्नो नयाँ फिल्म ‘रइस’को प्रचारमा छिन् । उनले शाहरुख खानसँग फिल्म रइसमा काम गरेकी छन् । शाहरुख खानसँग काम गर्न पाउनुलाई उनले आफ्नो जीवनको सफलताका रूपमा लिएकी छन् ।

आफूलाई बलिउड फिल्ममा कलाकार, निर्देशक निर्मातासँगै दर्शकले साथ दिएकोमा खुशी मिलेको बताने लियोनले बलिउडमा चर्चित स्टारसँग काम गरिसकेपछि  हलिउडका स्टारसँग पनि काम गर्ने योजनामा रहेको पनि खुलासा गरेकी छिन् । यसपटक शाहरुख खानसँग फिल्म खेलेकी सन्नी आउँदा दिनमा आमिर खान र सलमान खानसँग पनि फिल्म खोल्ने तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय