‘क्रिकेटरले पेट पाल्न बाहिर जागिर खोज्ने अवस्था नहोस्’

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७३ कार्तिक ८, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

rubina-chhetryदुई साताअघि मात्र सम्पन्न एशिया क्षेत्रीय वुमन्स वल्र्ड कप छनोट प्रतियोगितामा उपविजेता बन्दै पहिलोपटक एशिया कपमा सहभागी हुन सफल नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री भन्छिन्, “भारत र पाकिस्तान नै मुख्य प्रतिस्पर्धी हुन् ।”

नोभेम्बर २६ देखि डिसेम्बर ५ सम्म थाइल्याण्डको ब्यांकक्मा हुने एशिया कपमा नेपालको तयारी कस्तो छ ? 
आराम गर्न एक साताको विदा पाएका छौं । तर, यतिबेला पनि शारीरिक व्यायाम भने गर्नै पर्छ । तिहारअघि वा लगत्तै बन्द प्रशिक्षण शुरु हुन्छ ।

नेपाली क्रिकेट टोली पहिलोपटक एशिया कप खेल्दैछ । देशले के आशा गर्ने ? 
हामी एकदमै उत्साही छौं । छनोट चरणका तीनवटा खेल हारे पनि पछिल्ला तीन खेल जित्यौं । यसले पनि हाम्रो टीममा उत्साह थपिएको हो । उत्साही छौं भन्दैमा कुनै पनि प्रतिस्पर्धी टीमलाई कम आँक्नुहुँदैन । अहिलेको सन्दर्भमा टेष्ट खेलेका भारत र पाकिस्तानलाई नै मुख्य प्रतिस्पर्धी ठानेका छौं ।

के यसले महिला क्रिकेटको अवस्था सुध्रँदै गएको संकेत गर्छ ? 
एशिया कपमा छानिएपछि हामी एक ‘स्टेप’ उक्लिएका छौं । सम्भावना राम्रो छ । तर, सुधार पुगेको छैन । हामीले पटकपटक आफ्ना समस्या सम्बन्धित ठाउँमा राखिसकेका पनि छौं ।

महिला क्रिकेटरको मुख्य समस्या के हो ? 
मुख्य कुरा भनेकै सुरक्षित भविष्य हो । खेलाडीले क्रिकेटमै भविष्य देखे भने खेल सप्रन्छ । त्यसका लागि खेलाडीलाई तलबको व्यवस्था हुनुपर्यो । पेट पाल्न बाहिर जागीर खोज्नु नपर्ने अवस्थामा मात्र हामी पूरा समय क्रिकेटमा दिन सक्छौं । यो कुरा सरकारले बुझ्नुपर्छ ।

अरु समस्या पनि छ होलान् ? 
प्रतियोगिता नै सारै थोरै हुनु अर्को समस्या हो । जति धेरै ‘म्याच’ खेल्यो उति धेरै आत्मविश्वास बढ्छ । त्यसो भए मात्र हामी माथिल्लो चरणमा जान सक्छौं । नत्र खेलाडी आउँछन्, हराउँछन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..