यस बर्षको प्रतिष्ठित ओस्कार अवार्ड चर्चित फिल्म स्टार ज्याकी चयनलाई

२०७३ भाद्र २०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

jackiechan_wins_honorary_oscars_award2एजेन्सी, एक्सन फिल्म स्टार ज्याकी च्यानलाई यस वर्ष ओस्कार अवार्डले सम्मान गरिने भएको छ ।

बिहिबार यसको घोषणा गर्दै ओस्कार अवार्डले च्यानको चम्किलो फिल्मी करियरलाई सम्मान गर्दै ओस्कार प्रदान गर्न लागेको जनाएको छ ।

६२ वर्षे अभिनेता च्यानले करिब १५० फिल्ममा अभिनय गरेका छन् । उनका फिल्महरू कमिक (हास्य) अभिनय र एक्रोब्याटिक एक्सन कलाका लागि दर्शकहरू माझ लोकप्रिय रहँदै आएका छन् ।

च्यानले सन् १९६० देखि आफ्नो   अभिनय यात्रा सुरू गरेका थिए भने शुरुवातमा उनले बालकलकारका रूपमा अभियन शुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय