इटलीलाई पराजित गर्दै जर्मनी युरोकपको सेमिफाइनलमा

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७३ असार १९, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

Geजर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । इटलीलाई पेनाल्टी सुटआउटमा ५-६ ले पराजित गर्दै मिफाइनलमा प्रवेश गरेको हो ।

यसअघि विश्वकप र युरोकपमा भएको आठ भेटमा इटली अपराजित रहँदै आएको थियो । खेलको निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि  निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

सुरुमा ईटालीका लोरेन्जो इन्सिग्नेले गोल गरे । यसपछि जर्मनीका टोनी क्रुसले गोल गर्दै बराबरी गरे । यसपछि पेनाल्टी प्रहारकै लागि भनेर अतिरिक्त समयको अन्तिम मिनेटमा मैदान छिरेका सिमोनी जाजाले गोल गर्न नसक्दा इटालीमाथि दबाब परयो ।

लगत्तै जर्मनीका थोमस मुलर पनि गोल गर्नबाट चुके । ईटालीको लागि तेस्रो प्रहार लिएका आन्द्रे बार्जाग्लीले गोल गर्दा जर्मनीका मेसुत ओजिलको प्रहार विफल भयो । नियमित खेलको ६५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका ओजिलले पेनाल्टी प्रहार भने खेर फाले ।

panelty2इटालीका लागि चौथो प्रहार लिएका ग्रेजियानो पेलाले गोल गर्न नसक्दा जर्मनीका जुलियन ड्राक्सलरले गोल गर्दै टोलीलाई २-२ को अवस्थामा पुर्याए । नियमति पेनाल्टीको पाँचौ प्रहार ईटालीका लियोनार्दो बोनुचीले लिए ।

निर्धारित ९० मिनेटको समयभित्र पाएको पेनाल्टीलाई गोलमा बदलेका बोनुची यतिवेला भने जर्मनीका गोलरक्षक म्यानुएल नायरसामु चुके । अब पासा जर्मनीको पक्षमा गयो । जर्मनीका लागि अन्तिम प्रहार लिने अवसर पाए कप्तान बास्टियन स्वेन्सटाईगरले ।

तर स्वेन्सटाईगरको प्रहार गोल बार माथिबाट बाहिरिएपछि जर्मनीले खेल जित्ने अवसर खेर फाल्यो । निर्धारित ५-५ वटा प्रहारमध्ये दुई दुई वटा मात्रै गोल भयो । ईटालीका गोलरक्षक जियानलुईगी बुफोन र जर्मनीका म्यानुअल नायरले एक एकवटा प्रहार बचाएभने दुबै टोलीका दुई दुई जना खेलाडीको प्रहार बाहिरियो । यसपछि खेल सडन डेथमा पुग्यो ।

सडन डेथमा ईटालीका ग्याकेरिनी, पारोलो र डि सिग्लियोको प्रहार गोल भयो । जर्मनीका लागि पनि हुमल्स, किमिच र बोआटिङले लगातार गोल गरे । ईटालीका लागि नवौं प्रहार लिएका माटियो डार्मीयानको नरम प्रहारलाई विपक्षी गोलरक्षक नायरले बचाइदिए । यसपछि जर्मनीका जोनास हेक्टरलाई आफ्नो टिमलाई विजयी गराउने स्वर्णीम अवसर मिल्यो । यो अवसर सदुपयोग गर्दै हेक्टरले जर्मनीलाई सेमिफाईनलमा मात्रै पु¥याएनन्, ईटाली विरुद्धको जितविहिन श्रृंखलामा समेत पुर्णविराम लगाईदिए । यो जितसँगै जर्मनीले अघिल्लो युरोकपको सेमिफाइनलमा ईटालीसँग भोगेको हारको बदला समेत लिएको छ ।

जर्मनीले १९७६ मा चेकोस्लोभाकियासाग हारेदेखि जर्मनी अहिलेसम्म पेनाल्टीमा चुकेको छैन । अब उसले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासाग सेमिफाइनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..