
रियो डे जेनेरियो÷एजेन्सी– ब्राजिलमा १ एक सय ६ वर्षीय हजुरआमाले ओलम्पिक टर्च बोकेकी छन् । आइडा जेमाङक्यु नामक एक वृद्धा ओलम्पिक दीप (टर्च) बोक्ने सबैभन्दा जेठो उमेरकी महिला बनेकी हुन् । उनले ब्राजिलको आमाजोनेली महानगरका रूपमा परिचित माहापामा ओलम्पिक टर्च बोकेकी हुन् । यसअघि, १ सय १ वर्षीय वृद्ध अलेक्ज्यान्डर कप्टारेन्कोले सन् १०१४ मा आयोजित सोची २०१४ शीतकालीन ओलम्पिक्स खेलमा सो टर्च बोकेकी थिइन् ।