ग्रेडिङ प्रणालीले अधिकांश विद्यार्थीको उद्धार : विज्ञ

२०७३ असार २, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

slcकाठमाडौँ, २ असार । रासस. विगतमा जस्तो यस वर्षको एसएलसी परीक्षाफल प्रकाशनपछि शिक्षामा सरकारको लगानी खेर गयो भन्ने आधार कमजोर बन्यो । धेरै विद्यार्थी अनुत्तीर्ण हुनुले शैक्षिकस्तर खस्केको वा शिक्षकले नपढाएको भन्ने आलोचना पनि यसपटक सुनिएन ।

उत्तीर्ण/अनुत्तीर्ण नभई स्तरीकृत अङ्कका आधारमा मूल्याङ्कन विधि बसाल्न पहिलोपटक लागू भएको अक्षराङ्कन प्रणालीले धेरै विद्यार्थीको ‘उद्धार’ भएको देखिएको छ । शिक्षाविद् डा मनप्रसाद वाग्लेले प्रणालीगत परिवर्तन भएको यो नतिजाले विद्यार्थीको वास्तविक क्षमता मापन नगरेको दाबी गर्दै भन्नुभयो, “अक्षराङ्कन प्रणालीमा परीक्षा त लिइयो तर त्यस प्रणालीअनुसार नभई पुरानै प्रणालीमा मूल्याङ्कन गरियो । यसले बोक्रामा सुधार भयो, गुदीमा भएन ।”

प्रणालीअनुसार अनिवार्य विज्ञान र गणितमा केही पनि नलेखेर खाली उत्तर पुस्तिका दिनेले पनि अन्य विषयमा राम्रो गरेर ४० देखि ५० प्राप्ताङ्कसम्म ‘सी’ ग्रेड पाएको अवस्थामा पनि कक्षा ११ मा पढ्न पाउने भएको छ । सो ग्रेड पाउने नयाँ प्रणालीको परीक्षाका कारण चार लाख २५ हजार विद्यार्थीले माथिल्लो कक्षामा पाउनयोग्य देखिएका छन् । पुरानो परीक्षा प्रणाली कायम रहेको भए सम्भवतः उही धेरै सङ्ख्यामा विद्यार्थीले माथिल्लो कक्षा पढ्न पाउने थिएनन् भने लब्धाङ्कपत्रमा अनुत्तीर्णको दर्जा पाउने थिए ।

यस्ता पक्ष यो प्रणालीका कमजोर पक्ष हुन् । जस्तो कि ३० देखि ४० सम्म ल्याउने विद्यार्थी आठ हजारमात्र छन् । “सरकारले आफ्नो प्रगति देखाउन सजिलो भयो । उसको इज्जत जोगिएको छ तर ‘डी’ र ‘इ’ ल्याउने (जो अनुत्तीर्ण होइनन् तर माथि पढ्न वा राम्रो काम पाउँदैनन्) ले के गर्ने ?” शिक्षाविद् डा. विद्यानाथ कोइरालाले रासससँग भन्नुभयो ।

उहाँले त्यस्तालाई सीप सिकाउन दिनुपर्ने काम गरेबापतको पनि क्रेडिट कक्षा दिएर मूल्याङ्कन गर्ने प्रणालीमा जानुपर्ने बताउनुभयो । शिक्षाविद् डा बाबुराम अधिकारी अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलको विद्यालय शिक्षा बनाउनका लागि अक्षराङ्कन प्रणाली लागू हुने सकारात्मक हो भन्दै पहिलो पटक लागू गरिएको प्रणालीका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
ग्रेड निर्धारण तालिका ः

सि. नं. प्राप्ताङ्कको वर्गान्तर (प्रतिशतमा) ग्रेड व्याख्या
अति विशिष्ट स्तरीकृत अङ्क (न्चबमभउयष्लत)
१ ९० र सोभन्दा माथि ब्ं अति विशिष्ट इगतकतबलमष्लन ४.०
२ ८० र सोभन्दा माथि ९० भन्दा कम ब् विशिष्ट (उत्कृष्ट) भ्हअभििभलत ३.६
३ ७० र सोभन्दा माथि ८० भन्दा कम द्यं धेरै राम्रो ख्भचथ नययम ३.२
४ ६० र सोभन्दा माथि ७० भन्दा कम द्य राम्रो नययम २.८
५ ५० र सोभन्दा माथि ६० भन्दा कम ऋं सन्तोषजनक क्बतष्काबअतयचथ २.४
६ ४० र सोभन्दा माथि ५० भन्दा कम ऋ ग्रहणयोग्य ब्अअभउतबदभि २.०
७ ३० र सोभन्दा माथि ४० भन्दा कम म्ं आंशिक ग्रहणयोग्य एबचतष्बििथ बअअभउतबदभि १.६
८ २० र सोभन्दा माथि ३० भन्दा कम म् न्यून क्ष्लकगााष्अष्भलत १.२
९ २० भन्दा कम भ् धेरै न्यून ख्भचथ ष्लकगााष्अष्भलत ०.८
(स्रोत : पाठ्यक्रम विकास केन्द्र)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय