एसएलसी परीक्षाको नजिता असार २ वा ३ गतेभित्र आउने

२०७३ असार १, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने भएको छ।

लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको पनिकाले यहि असार २ वा ३ गतेभित्र नतिजा प्रकाशित गर्ने भएको छ। परीक्षा सञ्चालन समितिको बैठकमा परीक्षा नियन्त्रक कृष्णप्रसाद  काप्रीले २ वा ३ गतेभित्र परीक्षाफल प्रकाशति गर्ने जानकारी गराएका थिए।

पनिकाले यस वर्षदेखि प्राप्ताङ नम्बर नभएर अक्षराङ्कन प्रणाली (ग्रेडिङ)मा परीक्षाफल प्रकाशित गर्दैछ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए । उनका अनुसार ९० देखि १०० प्रतिशत ल्याउने ए प्लस, ८० देखि ९० प्रतिशत ए, ७० देखि ८० प्रतिशत बी प्लस, ६० देखि ७० प्रतिशत बी, ५० देखि ६० प्रतिशत सी प्लस,४० देखि ५० प्रतिशत सी, ३० देखि ४० डी प्लस, २० देखि ३० डी र २० देखि १० प्रतिशत ल्याउनेलाई इ अक्षराङ्कनमा राखिएको छ ।

यस वर्ष परीक्षामा नियमित र एक्जाम्टेडतर्फ ६ लाख १२२ जना सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ चार लाख ४० हजार ६४९ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार ४७३ परीक्षार्थी सहभागी भएका थिए । चैत १८ गतेबाट शुरु भएको परीक्षामा प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागी भएका छन् ।

एसएलसी परीक्षा सुरु भएको ८३ वर्षपछि यो परीक्षाफल अन्तिम हुनेछ। पहिलो लेटरग्रेडिङ र अन्तिम एसएलसी भएको कारण यो परीक्षा ऐतिहासिक हुने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय