भारतमा जारी १२ औं सागअन्तर्गत महिला फुटबलमा नेपालले श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गरेको छ । यसअघि नै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरिसकेको नेपालले समुह चरणको आफ्नो अन्तिम खेलमा आज श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफसम्म १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ३ गोल गरेको हो ।
पाँच राष्ट्र सहभागी महिला फुटबल राउण्ड रोबिन लिगको आधारमा सञ्चालन गरिएको छ । १० अंक जोडेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ ।
।