विश्वकपमा नेपालको पहिलो जित दर्ता

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७२ माघ १४, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ICCअन्डर- १९ विश्वकपमा नेपालको पहिलो जित दर्ता गरेको छ । नेपालले न्यूजिल्याण्डमाथि ३२ रनको सनसनिपूर्ण नतिजा निकालेको हो ।  यससँगै विश्वकपमा   शक्तिशाली राष्ट्र मानिएको न्यूजिल्याण्डलाई पराजित गरेको छ  । बंगलादेशमा भएको खेलमा टेस्ट खेल्ने राष्ट्र न्यूजिल्याण्डलाई नेपालले ३२ रनले पराजित गरेको हो ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड २०६ रनमा अल आउट भएको थियो । नेपालका स्पिनरहरु चम्केपछि न्यूजिल्याण्डको ब्याटिङ धराशयी बन्यो । नेपालका लागि दिपेन्द्र ऐरीले सर्वाधिक तीन विकेट लिए । उनले पाँच ओभरमा २४ रन खर्चेका थिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेलेर सात विकेट गुमाउदै २सय ३८ रन बटुलेको थियो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दा ६ चौका प्रहार गरेका थिए । कप्तानलाई बलियो साथ दिँदै आरिफ सेखले ६० बलमा ३९ बनाए । उनको इनिङमा ३ चौका सामेल थियो ।

यसअघि प्रारम्भिक जोडी सन्दिप सुनार र सुनील धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । सुनील १५ तथा सन्दिप ३९ रनमा आउट भए । तेस्रो नम्बरमा आएका योगेन्द्रसिंह कार्कीले ५ रन मात्र जोड्न सके ।

पछिल्लो क्रमका राजवीर सिंह, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले पनि महत्वपूर्ण रन बटुले । उनीहरुले क्रमशः २४, १६ र ३५ को योगदान दिएका छन् । अन्तिम ओभरहरुमा कुशलको आक्रामक ब्याटिङले नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो ।

न्यूजिल्याण्डका लागि नाथन स्मिथले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४८ रन खर्चेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..