सामान्य ब्याबहारलाइ स्क्यान्डल बनाइएको भुबनको भनाई

२०७२ माघ १०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
Bhuwan-KC_BK-56नायक भुबन केसीको फिल्म रीलिज ताका पहीले देखी नै कुनै न कुनै चर्चा चलेको हामी पाउद छौ ।गायन हुदै मनोरञ्जन क्षेत्रमा पाइला टेकेका भुबनले अभिनय,निर्माण हुदै फिल्म ड्रिम्स मार्फत निर्देशनको यात्रा पनि आरम्भ गरी सकेका छन ।
अन्य बिधाहरुमा रुचाइएका भुबनले निर्देशनमा पाइला टेक्दा थप जिम्बेवारी थपिएको महशुश गरेको बताएका छन ।न्युज ट्वान्टीफोर टेलिभिजनको दैनिक प्रस्तुती कार्यव्रmम छ प्रस्नको अन्तरबार्ताको व्रmममा उनले आफ्नो चर्चा र स्क्यान्डलको बिषय लाइ स्पस्ट पार्दै सामान्य मानिस सरहकै ब्याबहार गर्दा पनि सबैको ध्यान सेलिब्रटी तर्फ आकर्शीत हुने हुनाले मात्र स्क्यान्डल जस्तो देखीने गरेको बताएका छन । पछिल्लो समय हाम्रो देशमा स्टारले स्टार भ्यालु गुमाउदै गएको सन्दर्भमा उनले स्टार हरुले स्टारडम जोगाउनको लागि क्वालिटीमा ध्यान दिन जरुरी रहेको बताए । उनि आफै पनि यस सन्दर्भमा सधै सचेत हुने गरेको पनि बताए ।
भुबनले निर्देशनको आरम्भ गरेको फिल्म फागुन महीना देखी सार्बजनिक रुपमा प्रदर्शनमा आउदै छ । फिल्मको प्रोमोको रेस्पोन्स बाट खुसि भएका भुबन ड्रीम्स फिल्मले दर्शकको आकांछा लाइ पुरा गर्नेमा बिस्वस्त छन । फिल्मले देशको पर्यटन प्रबद्र्धनमा पनि सहयोग पुग्ने उनको बिश्वास छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय