
बंगबन्धु गोल्डकपको उपाधि जितेर शनिबार दिउँसो स्वदेश फर्किएको नेपाली टोलीको भव्य स्वागत गरिएको छ । बंगलादेशको राजधानी ढाकामा भएको बंगबन्धु गोल्डकपको उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका पदाधिकारी, खेलाडी तथा फुटबलप्रेमीले स्वागत गरेका थिए ।
शुक्रबार नेपालले आफूभन्दा बलियो टोली बहराइनको यू–२३ टिमलाई ३– १ गोलअन्तरले पराजित गर्दै २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि उचालेको थियो । नेपालले १९९३ पछि पहिलो पटक उपाधि जितेको हो ।
नेपाली फुटबलमा संक्रमण अवस्था रहेको समयमा युवा खेलाडीले दिएको सो उपलब्धिले नेपाली फुटबलमा नयाँ युगको उदय भएको बताइएको छ । २३ वर्षपछि उपाधि जितेको च्याम्पियन टिमको स्वागतमा अग्रज फुटबल खेलाडीको बाक्लो उपस्थिति रहेको थियो ।
खेलाडीको स्वागतमा १९८४ को साफ गेममा स्वर्ण जितका लोकबहादुर शाही र कृष्ण थापादेखि १९९३ को साफ गेममा च्याम्पियन भएका कप्तान राजुकाजी शाक्य र मणि शाहलगायतका अग्रज खेलाडीको बाक्लो उपस्थिति रहेको थियो ।
‘यो जितले नेपाली फुटबललाई सकारात्मक सन्देश दिएको छ, यस उपलब्धिले नेपाल अन्तर्राष्ट्रिय उपाधि
बंगबन्धु च्याम्पियन नेपाली टिमको सम्मानमा शनिबार नै नगर परिक्रमा गरिएको छ । एयरपोर्टमा उत्रिएपछि खेलाडीहरूलाई सजाइएको गाडीमा राखेर नगर परिक्रमा गरिएको थियो ।