‘हिट एन्ड रन’ प्रकरणबाट सलमानले पाए सफाइ

२०७२ मंसिर २५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

Salman-Khanमुम्बई÷एजेन्सी– बलिउड अभिनेता सलमान खानलाई ‘हिट एन्ड रन’ प्रकरणको आरोपबाट मुम्बई हाई कोर्टले सफाइ दिएको । बिहीबार जब सलमान मुम्बई हाई कोर्ट पुगे, त्यतिबेला उनको मुद्दामाथि सुनुवाइ भयो ।

सो हाई कोर्टका न्यायाधीश अनिल रामचन्द्र जोशीले बिहीबार उनीविरुद्धको यसअघिको आरोपमा सत्यता नरहेको फैसला सुनाएका हुन् । सो मुद्दामा निर्दोष घोषणासहित उनलाई हाई कोर्टले मुद्दाबाट मुक्त भएको पत्रसमेत अदालतका तर्फबाट दिइयो ।

यसअघि सलमानलाई तल्लो अदालतले ‘हिट एन्ड रन’ प्रकरणमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय घोषणा गरेको थियो। सो फैसलापछि सलमानले मुम्बई हाई कोर्टमा पुनरावेदन दायर गरेका थिए। त्यतिबेला जेल सजाय तोकिएका उनी धरौटीमा रिहाइ भएका थिए । सो मुद्दा मुम्बई हाई कोर्टमा पुगेपछि तल्लो अदालतले उनको राहदानीसमेत नियन्त्रणमा लिएर विदेश जानमा रोक लगाएको थियो।

सलमानले मद्यपान सेवन गरेर चलाएको सवारीसाधनले सन् २००२ मा राति सडक किनारमा सुतेका एक बालकसहित केही व्यक्तिलाई किचेर भाग्दा त्यो बालकको मृत्यु भएको आरोपमा उनीमाथि मुद्दा लागेको थियो।

त्यो रात सलमानले गाडी चलाएको प्रमाण नपाएको, उनले मादक पदार्थ सेवन गरेको प्रमाण नपाएको जस्ता थुप्रै कारणले गर्दा सलमान निर्दोष भएको अदालतको फैसलामा उल्लेख छ।

यसरी सलमानको पक्षमा फैसला भएर उनी सो प्रकरणमा निर्दोष सावित भएपछि सामाजिक सञ्जालबाट सलमानलाई बधाई दिनेहरूको ओइरो लागेको छ। बलिउड सिनेकर्मी, शुभचिन्तकदेखि प्रशंसकसम्मले सलमानलाई आरोपमुक्त भई न्याय पाएकोमा बधाई दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय