नाकाबन्दीविरुद्ध कलाकारले शुरु गरे जागरण अभियान

२०७२ मंसिर ६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

kalakar Sanghभारतीय नाकाबन्दीबाट सिर्जित मानवीय संकट समाधानका लागि दबाब दिन चलचित्रकर्मीहरुले राष्ट्रिय जागरण अभियान शुरु गरेका छन् ।

वरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको संयोजकत्वमा गठित ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियानले आइतवार राजधानीमा पत्रकार सम्मेलन गरी समस्याको सम्बोधन र निराकरणका लागि विभिन्न दबाबमुलक कार्यक्रम गर्ने जानकारी दिएको छ ।

अभियानले आगामी मंगलबार राजधानीको शान्ति बाटिकाबाट बृहत् र्‍याली निकाली शहर परिक्रममा गर्ने कार्यक्रम तय गरेको छ भने अभियानले भारतीय दूतावास, आन्दोलनरत दल, संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ । अभियानले वर्तमान समस्याको तत्काल समाधानको माग गर्दै प्रधानमन्त्री केपी ओलीसमक्ष ज्ञापनपत्र पनि बुझाएको छ ।

अभियानका संयोजक कलकार हरीहर शर्माले राष्ट्रिय विपत्तिको बेलामा एक भई र्‍यालीमा सहभागी हुन सम्पूर्णलाई आह्वान गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय