इजरायलमा आयोजना हुदै गरेको ‘शुभ दिपावली सप्तरंगी साँझ २०७२’ को भव्य तयारी

२०७२ कार्तिक १९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

web bannarसुप्रसिद्द परिवेशका व्याण्डका गायक तिलक बम मल्ल र चर्चित हाँस्य व्यंग्यकार शैलेन्द्र सिम्खडाको ओजनदार उपस्थितिका विच नेपालीहरुको महान पर्व तिहारको विशेष अवसर पारी आयोजना हुदै गरेको “शुभ दिपावली सप्तरंगी साँझ २०७२” को तयारी तिब्र रुपमा अगाडि    बढेको आयोजकले जानकारी दिएका छन् ।

गैर आासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) इजरायल र अन्तराष्ट्रिय कलाकार मञ्च इजरायलको संयुक्त आयोजना तथा चितवन समाज इजरायल, हिन्दु जागरण नेपाल अभियान इजरायल, मगर समाज इजरायल, रुपन्देही समाज इजरायल, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, नेपाली नारी आवाज , नारीका लागि नारी र विश्व साहित्य महासंघ शाखा इजरायलको सह-आयोजनामामा गत बैशाख १२, १३ र २९ गते गएको आम विनाशकारी भूकम्पबाट घरबार गुमाई त्रिपालको सहारामा बस्न वाध्य भूकम्प पिडितहरुकोलागि गैर आवासिय नेपाली संघ (एनआरए)ले नेपाल सरकारबाट अनुमति पाएको १ हजार घर निर्माण कार्यको सहयोगार्थ सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

‘मुटु छुने लुम्लेको हावाले’, भोटे ताल्चा मारेर छातीमा, ट्याक्सी गुड्यो सरर.. लगायत दर्जनौ हिट गीतहरु गाएर नेपाली सांगितिक आकाशमा सांगितिक उडान भरिरहेका चर्चित गायक तिलक बम मल्ल र नेपाली कला र साहित्यको माध्ययमबाट नेपालको सामाजिक तथा राजनितिक घटनाक्रमहरुलाई तिखो हाँस्य व्यांग्यात्मक झटारो हान्दै समाजिक विकृति र विसंगतिहरुका विरुद्द लागिपरिहेका संभवत नेपाली आकाशमै पहिलो हाँस्य व्यङ्ग्यकार शैलेन्द्र सिम्खडाले इजरायलवासी नेपालीहरुलाई कार्यक्रममा उपस्थितकोलागि हार्दिक अनुरोध गरेका छन् ।

आगामी १३ नोभेम्वर २०१५ शुक्रवार तेलअभिवको हाहगना मार्ग १३५ स्थित बेतवारवर हलमा  आयोजना गरिने उक्त कार्यक्रममा इजरायलमा रहेका स्थानिय कलाकारहरुको समेत जोडदार प्रस्तूती रहने बताइएको  छ ।

आयोजकले प्राकृतिक प्रकोपबाट घरबार विहिन भएकाहरुलाई घर वनाइदिने  पवित्र कार्यकोलागि आयोजना गरिएको यस कार्यक्रमलाई यथाशक्य सहयोग पुर्याउनुहुन इजरायलमा रहेका सम्पूर्ण नेपालीहरु, विभिन्न सामाजिक तथा जातिय संघसंस्थाहरु, विभिन्न अनलाइन मिडियाहरु लगायत वुद्दिजिवी तथा समाजसेवीहरुमा हार्दिक अपिल गरेका छन् ।

त्यस्तै आयोजकले वहुचर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितिमा आयोजना गरिदै गरेको उक्त कार्यक्रमलाई असर पर्ने गरी कुन किसिमका  कार्यक्रमहरु आयोजना नगरिदिनु हुन पनि अनुरोध गरेका छन् ।

यसैविच आयोजकले कार्यक्रमको भोलिपल्ट १४ नोभेम्वर शनिवार कलाकारहरुको साथमा विहान डेड सी र वेतलेखेमको भ्रमणको समेत आयोजना गरिने बताएका छन् । कलाकारहरुको साथमा रमाउदै भ्रमणको मज्जा लिन चाहाने इच्छुक जोसुकैले भ्रमणकोलागि नामावली टिपाउन अनुरोध गरिएको छ । कार्यक्रम लगायत सम्पू्र्ण जानकारीकालागि 0585072064, 0538259411,  0547620964, 0502820116, 0543486033 र 0542214395 मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय