शाहरुखलाई मानार्थ विद्यावारिधि

२०७२ कार्तिक ३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

Saharukhएजेन्सी– बलिउड अभिनेता शाहरुख खानले मानार्थ विधावारिधि पाएका छन् । उनलाई स्कटल्यान्डको इडनबर्ग विश्वविद्यालयले मानार्थ विधावारिधि प्रदान गरेको हो । सो विश्वविधालयकी चान्सलरले खानलाई मानार्थ विधावारिधि प्रदान गरेकी हुन् । ८० भन्दा बढी हिन्दी फिल्ममा अभिनय गरेका खान बलिउडका सर्वाधिक सफल कलाकार मानिन्छन् ।

अभिनयका माध्यमबाट उनले पुर्याएको योगदान, उनको सामाजसेवा र मानव सेवासहित विभिन्न योगदानका कारण मानार्थ विधावारिधिबाट सम्मान गरिएको सो विद्यालयका तर्फबाट जानकारी गराइएको छ ।

मानार्थ विद्यावारिधि ग्रहणपछि आफूलाई यसका लागि योग्य ठानेर विधावारिधि दिएकामा अभिनेता खानले खुसी व्यक्त गरेका छन् । भारतीय ग्रामीण क्षेत्रका हजारौं बालकालिकाको अध्ययनमा सहयोग पुगोस् भनेर सौर्य ऊर्जा सहुलियत प्रदान गर्दै आएका शाहरुखले यस्ता कैयौं सामाजिक परियोजना सञ्चालन गरेका छन् । गरिब ग्रामीण बालबालिकाको निःशुल्क उपचारका लागि उनले मुम्बई अस्पतालमा बाल वार्ड नै सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय