‘किस किसको प्यार करूँ’मा कपिलको रोमान्स, रोमान्सले टेलिभिजनबाट टाढा पुर्याउने त होइन कपिललाई ?

२०७२ भाद्र ११, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

kiskisko pyarएजेन्सी– ‘कमेडी नाइट्स विथ कपिल’बाट चर्चामा आएका ३४ वर्षीय कपिल शर्माले बलिउडमा नयाँ चरणको सुरुआत गरेका छन् । अब्बास मस्तान निर्देशित चलचित्र ‘किस किसको प्यार करूँ’ मा कपिलले एक होइन, तीन तीनजना सुन्दरीसँग रोमान्स गरेका छन् ।

तिनै सुन्दरीसँगको रोमान्सले कपिललाई टेलिभिजनबाट टाढा पु¥याउने त होइन भन्ने आशंका पनि उब्जिएको छ । फिल्ममा काम गर्ने क्रममा एउटा पुरानो समस्याले निरन्तरता पाएको उनले बनाए । उनी जतिबेला टिभीमा ‘कमेडी सर्कस’ मा काम गर्थे, हत्केलाभरि डाइलग लेख्थे । उनी भन्छन्, ‘संवाद सम्झन अहिले पनि मलाई समस्या पर्छ, पुरानो बानी अझै छुटेन ।’

उनको बुझाइमा फिचर फिल्ममा फिल्मको संवाद भुले पनि खासै फरक पर्दैन तर टिभी र लाइभ सोमा निकै अप्ठ्यारो हुन्छ । कमेडियनबाट हिरो हुन त्यति सजिलो छैन भन्नेमा उनी सचेत छन् । किनकि, बलिउडले प्रायः हास्य कलाकारलाई हिरोको छेउमा उभ्याउँछ मात्रै । कपिललाई लागेको छ । ‘मलाई पनि पछि त्यसै गर्नेछन्, निर्माताहरूले ।’

कपिल शाहरुख खानलाई आफ्नो आदर्श पात्र मान्छन् । शाहरुखमा धेरै गुण देखेका कपिलले आफैं पनि शाहरुखसँग केही कुरा सिक्ने योजनामा छन् । उनको बुझाइमा क्षमता हुने कलाकारका लागि बलिउड सम्भावनाको खानी हो ।

उनी भन्छन्, ‘बलिउडमा आफ्नो ठाउँ बनाउन एकदमै मुस्किल हुन्छ । यदि क्षमता छ भने त्यति धेरै टाढाको कुरा पनि होइन ।’ कतिपय स्टार पुत्रपुत्री असफल भएकाप्रति इंगित गर्दै उनले भने, ‘क्षमता छैन भने बाआमाको सोर्स लगाएर पनि केही हुनेवाला छैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय