इजरायलको गोलन हाइटमा भव्य रुपमा कृष्ण जन्माष्टमी मनाउने तयारी

२०७२ भाद्र १, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

एन आई न्यूज इजरायल

^2BC4943EAE71D395DE7CCA767A3EA8EB36CB130465B0934614^pimgpsh_fullsize_distrइजरायलमा यो बर्ष पनि यहाँ रहेका विभिन्न धार्मिक संस्थाहरूले संयुक्त आयोजनामा श्रीकृष्ण जन्माष्टमी मनाउने भएका छन् । इजरायलमा रहेका समस्त सनातन हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको हिन्दु जागारण नेपाल अभियान इजरायल र श्रीकृष्ण प्रणामी गैर आवासिय युवा परिषद इजरायलको संयुक्त आयोजनामा आगामी ४ सेप्टेम्वर शुक्रवार मनोरञ्जनात्मक भ्रमणको साथमा यस बर्षको श्रीकृष्ण जन्माष्टमी भव्यताका साथ मनाउन लागिएको हो ।

इजरायलमा रहेका नेपालीहरुमाझ आयोजना गरिने प्रायजसो कार्यक्रमहरु इजरायलको आर्थिक राजधानीको रुपमा रहेको तेलअभिवमा केन्द्रित हुने भएपनि यस बर्षको श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम भने तेलअभिव केन्द्रिय नभई इजरायलको उत्तरी भेगमा रहेको सुन्दर पर्यटकिय क्षेत्र गोलान हाइटस्थित एउटा रिसोर्टको भव्य हलमा विशेष पुजाआजाका साथ श्रीकृष्ण जन्माष्टमी मनाउने भएको आयोजकले जानकारी दिएका छन् । वैदेशिक रोजगारीको क्रममा इजरायलमा रहेका हिन्दु तथा ओमकार परिवार सत्य सनातन धर्मावलम्बीहरुले यसरी  पहिलो पटक मनोरञ्जनात्मक भ्रमण सहित श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाउन लागेका हुन् । हिन्दु धर्मालम्वीहरूको महान् पर्व श्री कृष्ण जन्माष्टमीको सुअवसरमा आयोजनमा गर्न लागिएको सो कार्यक्रममा इजरायलमा रहेका सम्पूर्ण हिन्दु तथा ओमकार सत्य सनातन धर्मालम्वीहरु साथै अन्य धर्मावलम्विहरू, नेपाली दुतावास परिवार ,  विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरु, संचारकर्मीहरु, इजरायलमा अध्ययनरत विद्यार्थीहरु लगायत सम्पूर्ण धार्मिक मनहरुलाई कार्यक्रममा सहभागिता जनाई कार्यक्रमको गरिमा वढाइदिनहुन हार्दिक अनुरोध गरिएको छ।

आयोजकले कार्यक्रमको भोलिपल्ट गोलनहाइटस्थित रमणिय स्थानहरुको भ्रमण गरिने बताएका छन् ।

कार्यक्रमको रुप रेखा यस प्रकार रहेको छ:

मिती :  ४ सेप्टेम्वर शुक्रवार  २०१५ कार्यक्रम हुने स्थान : गोलन हाइटस्थित रिसोर्ट

प्रस्थान समय : शुक्रवार अप्रहान्न ४ बजे हिडिसक्ने

शुल्क लगायत विविध जानकारीको लागि

 

योगेन्द्र खरेल – 0544884723

राम भण्डारी – 0547858752

साबू सुबेदी – 0543558838

बिनोद खरेल – 0526707330

तारा सिटौला – 0549029312

तारा पाण्डे – 0546351897

सुमी भण्डारी – 0556608415

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय