झापाबाट सुरु भयो रिफ्युजी, पत्रकारले गरे ‘रिफ्युजी’को शुभ मुहूर्त

२०७२ असार ११, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

refuseeसधैंभरि अरूको विषय र समस्या बोकेर हिँड्ने झापाली पत्रकारहरू बिहीबार नयाँ चलचित्र ‘रिफ्युजी’को साइत जुराउन व्यस्त रहे । झापातिरकै परिवेश र कथामा आधारित चलचित्र ‘रिफ्युजी’को शुभ मुहूर्त पत्रकारले नै सम्पन्न गरे ।

मुहूर्त समारोहमा झापाका पुराना पत्रकार लीला बरालले क्यामरा अन गरे । पत्रकार एकराज गिरीले साउन्ड, प्रेम आचार्यले क्ल्याप, पारस तिमिल्सिनाले नरिवल फुटाएर र तीर्थ सिग्देलले निर्देशन गरेर महूर्त सम्पन्न गरे । सो चलचित्रका अभिनेता अभिनेतृले मुहूर्त सर्टमा अभिनय गरेका थिए ।

भुटानी शरणार्थीको मायाप्रेमको कथावस्तुमा आधारित चलचित्र ‘रिफ्युजी’को बिहीबारबाट छायांकन सुरु भएको छ । एक दर्जनभन्दा बढी चलचित्र निर्माण÷निर्देशन गरिसकेका उदय सुब्बाले यो चलचित्रको निर्देशन गरिरहेका छन् । भुटानी शरणार्थीको कथामा आधारित चलचित्र बनाउन उनी केही समय देखि झापातिर थिए ।

चलचित्रमा जीवन लुइँटेल र रिस्ता बस्नेत, नीर शाह, अशोक शर्मा, दीपक क्षत्री, मोहन निरौला, राम फागो, भीम केरुङ, दिलप्रसाद याक्सो, सञ्जय न्यौपाने, भूपेन्द्र लिङ्देन ‘मन्त्री’ लगायतको अभिनय रहनेछ । चलचित्र छायांकन झापा, इलाम, मोरङ, सुनसरी लगायतका जिल्लामा हुने पनि निर्देशक सुब्बाले बताए ।

मनोजराज बान्तवा राई र दीपेश लिम्बूको लगानी रहेको यो चलचित्रको छायाकारमा सौरभ लामा, संगीतकारमा विकास चौधरी, गीतकारमा डब्बु क्षत्री र उदय सुब्बा, द्वन्द्व निर्देशकमा राजु किराँती र नृत्य निर्देशकमा दिनेश पाख्रिन रहेको पनि निर्देशक सुब्बाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय