२२ लागिन् आलिया

२०७१ चैत्र ३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मुम्बई/एजेन्सी– सर्वाधिक राम्री मानिने आलिया भट्ट आइतबारबाट २२ वर्ष प्रवेश गरेकी छन् । सन् १९९३ मार्च १५ तारिखमा उनी मुम्बईमा जन्मिएकी हुन् । पिता महेश भट्ट र आमा सोनी राजदानको कोखबाट जन्मिएकी आलियाले सन् २०१२ मा चलचित्र ‘स्टुडेन्ट अफ द इयर’बाट बलिउड प्रवेश गरेकी थिइन् । उनले सन् १९९९ मा बनेको चलचित्र ‘संघर्ष’मा बाल कलाकारको भूमिका निर्वाह गरेकी थिइन् ।

आलिया छोटो समयमा नै बलिउडमा चर्चित बनेकी नायिका हुन् । उनले पहिलो चलचित्र होम प्रोडक्सनबाट खेलेकी थिइनन् । निर्माता करण जोहरले चलचित्र ‘स्टुडेन्ट अफ द इयर’मा ४ सय जना युवतीको अडिसन लिएका थिए । जसबाट आलिया भट्ट मुख्य नायिकाका रूपमा छानिएकी थिइन् । आलियाले चलचित्र ‘टु स्टेट, हाइवे, हम्टी शर्माकी दुल्हनिया’मा काम गरिसकेकी छन् । उनी नायक साहिद कपुरको हिरोइनका रूपमा चलचित्र ‘सानदार’मा देखिँदै छिन् ।

आलियाले आफ्ना सबैजसो चलचित्रमा चुम्बनको दृश्य दिएकी छन् । उनले चलचित्र ‘टु स्टेट’मा दिएको चुम्बनको दृश्यले सर्वाधिक चर्चा पाएको थियो । उनी बलिउड नायिका करिना कपुरकी फ्यान हुन् ।

 Alia Bhat

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय