अस्ट्रेलियामा द विनर

२०७१ माघ २६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

cccचलचित्र ‘न्यु इयर’को निर्माण अस्ट्रेलियाबाट गर्न लागिएको बेला अर्को चलचित्र ‘द विनर’को छायांकन पनि अस्ट्रेलियामा हुने भएको छ ।

संगठित अपराधले दुई देशको बीचमा पार्ने प्रभाव र त्यसले निम्त्याउने समस्याका समेटिएको यो चलचित्रको आधा छायांकन काठमाडौं र भारतको राजस्थानमा गरिएको छ । बाँकी छायांकन अस्ट्रेलियामा पूरा गर्ने निर्देशक हिक्मत विष्टले बताए ।

चलचित्रको निर्माता रितेश राणा, राजेश जोसी र सुबोध ठकुरी हुन् । अहिलेसम्मको छायांकन आपूmले सोचेभन्दा राम्रो भएको निर्माता रितेश राणाले सोमबार सञ्चारकर्मीलाई बताए ।

चलचित्रको छायाकंनका लागि केही दिनभित्रै आपूmहरू सम्पूर्ण युनिटसहित अस्ट्रेलिया जाने पनि राणाले बताए ।

महेशमान श्रेष्ठ, मन्चिन शाक्य, मलिना जोसी, राजकुमार पन्त, रोयल मास्के, उत्तम विष्ट, रमेश गुरुङ, एलेक्स खड्का, अमित गिरीको अभिनय यो चलचित्रमा रहनेछ । जसमा हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको नृत्य र पुरुषोतम प्रधानको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय