चलचित्र छायांकनको गन्तव्य वन्दै नुवाकोट

२०७१ पुष १८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए1न्यूज नेपाल देवचन्द्र भट्ट
nepali cinemaपछिल्लो समय काठमाडौ, पोखरा, चितवन तथा मुख्य शहरहरुमा मात्र चलचित्रको छायांकन भइरहेको अवस्थामा पहाडि भुवनोट रहेको पर्यटकिय नुवाकोट पनि चलचित्र छायांकनको गन्तव्य वन्दै गएको छ । मौलिकता र ग्रामीण परिवेश समेटेर नेपाली  कथानक चलचित्रको पर्यटकिय तथा धार्मिक स्थल नुवाकोट केहि समयदेखि ठुला पर्दाको चलचित्र छायांकनको गन्तव्य वन्दै गइरहेको छ ।
हास्यप्रदान नेपाली कथानक चलचित्र वडा नं. ६ को छायांकन नुवाकोटका विभिन्न स्थानमा गरिएको छ । नुवाकोटमा दर्शकहरुले रुचाउने राम्रा तथा मनमोहक स्थान त छन् नै काठमाडौवाट मात्र ७० किलोमिटर दुरीमा रहेको कारण चलचित्र छायांकन गर्दा लागत तथा मेहनत पनि थोरै लाग्ने गरेको निर्माताहरु वताउंछन् ।
५० प्रतिशत दृश्य नुवाकोटमा छायांकन गरिएको चलचित्र वडा नं. ६ आमा सरस्वती मुभिजले निर्माण गरेको हो । ६ एकान ६ को सफलतापछि हास्यकलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला तथा निर्मल शर्माको समूहले संयुक्त रुपमा सो चलचित्र निर्माण सुरु गरेको हो ।
वडा नं. ६ पुर्ण रुपमा हास्यप्रदान, राजनीति र यसले समुदायमा पारेको प्रभावका विषयमा चित्रण गरिएको निर्देशक उज्जवल घिमिरेले वताए । सो चलचित्र नुवाकोटको साततले दरवार राष्ट्रिय संग्रहालय, पिपलटार, देवीघाट, वट्टार, चण्डीपोखरी, इनारपाटीलगायतका स्थानमा छायांकन गरिएको छ ।
नुवाकोटवाट यस चलचित्रमा ग्रामीण समुदाय, धार्मिक तथा ऐतिहासिक दृश्य चित्रण गरिएको निर्माता तथा कलाकार दीपकराज गिरीले वताए । यस चलचित्र नयां वर्ष २०७२ को अवसरमा वैशाखमा प्रर्दशन गरिने लक्ष्य निर्माण पक्षले लिएको छ ।
नुवाकोटमा पनि चलचित्रका लागी आवश्यक दृश्य तथा स्थान रहेका छन् भन्ने प्रमाणित भइसकेको कारण आफुले नेपालमा चलचित्रको वजार खस्कदै गएको वेला केहि हदसम्म माथि उठाउने सकिने उद्धेश्यका साथ नुवाकोटमा छायांकन गरिएको हास्यकलाकार गिरीले जानकारी दिए । वडा नं. ६ दीपक वज्राचार्यले छायांकन गरेका हुन् भने रोशन श्रेष्ठले द्वन्द गरेका हुन् ।
सो चलचित्रमा वरिष्ठ कलाकार नीर शाहका साथमा दीपक, दीपाका तथा सीताराम कट्टेल धुर्मुस, जीतु नेपाल मुन्द्रे, केदार घिमिरे माग्ने वुढा, दयाहाङ राई, आरपि भट्टराई लाजालाम, प्रियंका कार्कीलगायतको मुख्य भुमिका रहेको छ । १० दिनसम्म नुवाकोटको विभिन्न स्थानमा छायांकन गरिएको सो चलचित्रको लागत झण्डै एक करोड रुपैया पुग्ने निर्माण पक्षले जनाएको छ ।
वडा नं. ६ नुवाकोटका साथै काठमाडौ तथा धुलीखेलमा छायांकन गरिने जनाइएको छ । यसअघि पनि नुवाकोटमा कोहि त छ, चम्पा चमेली, गोठालो, चुनौती, तागत, कान्छी मट्याङट्याङलगायत दर्जनौ ठुला पर्दाको चलचित्र तथा टेलिफिल्म छायांकन भइसकेका छन् । नुवाकोटको ककनी, विदुर, वट्टार, त्रिशूली, देवीघाट, साततले दरवार संग्रहालय चलचित्र छायांकनको गन्तन्य वन्दै गएकोमा पर्यटन व्यवसायीहरु पनि खुसी हुदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय