हिन्दु जागरण अभियान इजरायलले दैनिक रूपमा स्वस्थानी व्रतकथा वाचन गर्दै

२०७१ पुष १०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

Sri Swasthaniए1न्यूज इजरायल, मुलुकमा रहेका हिन्दु, बौद्द, किरात लगायतका मौलिक धर्महरुमाथि पश्चिमा राष्ट्रहरुबाट आयातित धर्महरुबाट भइरहेको वढ्दो  हस्तक्षेपका कारण ती धर्महरु संकटमा पर्ने देखिएपछि त्यसलाई रोक्ने प्रयास स्वरुप थालिएको महाअभियान हिन्दु जागारण नेपालको शाखाको रुपमा  इजरायलमा रहेका नेपालीहरूविच थालिएको हिन्दु जागरण नेपाल अभियान   इजरायलले गत बर्ष जस्तै यसबर्ष पनि दैनिक श्री स्वस्थानी ब्रतकथा बाचन गर्ने भएको छ  ।

हिन्दु जागरण नेपाल अभियान   इजरायलले आगामी  ४ जनवरी २०१५ आइतवारदेखि हरेक दिन  वेलुकी  साँढे नौ वजेको समयमा  श्री स्वस्थानी ब्रतकथा वाचन गर्ने कार्यक्रम तय गरेको छ । दैनिक रूपमा वाचन गरिने श्री स्वस्थानी व्रतकथा प . श्री गुरु प्रसाद उपाध्याय र प. श्री भिम प्रसाद पौडेलको मुखार्विन्दवाट वाचन गरिने आयोजक कमिटीले जनाएको छ ।  अभियानले उक्त श्री स्वस्थानी ब्रतकथा प्रवचनमा सहभागिता जनाउन इजरायल तथा अन्य मुलुकहरुमा रहेका सम्पूर्ण नेपालीहरुमा हार्दिक अऩुरोध गरेको छ ।

विदेशी भुमीमा कर्म गरिरहेका समस्त नेपालीहरूलाई  ध्यानमा राख्दै हिन्दु जागरण नेपाल अभियान इजरायलले अनलाइनमा स्काईप आईडी hundu.israel1  र  hindujagaran  मार्फत लाइभ स्वस्थानी सुन्न सकिने व्यवस्था मिलाएको नेपाल इजरायल डट नेटलाई जानकारी गराएको छ । स्मरण रहोस् गत बर्ष नेपाल इजरायल डट नेटले अनलाइन मार्फत स्वस्थानी वाचन लाइभ हेर्न र सुन्न सकिने व्यवस्था गरेको थियो ।
त्यस्तै अभियानले श्री  स्वस्थानी ब्रतकथाको समापन (साङ्ग्य) को समय व्यवहारिक रुपमा नमिल्ने देखिएकाले यस बर्ष सांग्य कार्यक्रम अनलाइनबाट नै सम्पन्न गर्ने भएतापनि साँग्य र शिवरात्रीको अवसर पारी आगामी फेव्रुअरी १३ तारिक शुक्रवार  तेलअभिवमा एउटा हलमा धार्मिक वातावरणमा श्री  स्वस्थानी ब्रतकथाको समापन  तथा महाशिवरात्रीको अवसरमा वृहत धार्मिक प्रवचन कार्यक्रम गरिने भएको छ । अभियानले उक्त कार्यक्रममा उपस्थित भई  भजन ,कृतन लगायत विविध धार्मिक गतिविधीहरूमा सामेल हुनुको साथै प्रसाद ग्रहण गरी  धार्मिक लाभ लिनुहुन समस्त इजरालवासी नेपालीहरूलाई अनुरोध गरेको छ ।

आफ्नो  मौलिक धर्म,संस्कृती र परम्पराको संरक्षण गर्नु नै एक सच्चा नेपाली नागरिकको आजको आवश्यकता र कर्तव्य  महशुस गर्दै  हिन्दु जागरण नेपाल अभियानले  विभिन्न देशहरूमा रहेका नेपालीहरूलाई समेटेर अनलाईन मार्फत दैनिकरूपमा  विविध  धार्मिक कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ भने यसका अलावा वेलावेलामा विविध धार्मिक गतिविधीहरू  गरी  आफ्ना मौलिक धर्महरुको जगेर्ना गर्ने कोसिस गर्दै आईरहेको छ ।
विविध जानकारीकोलागि  राम भण्डारी:०५४७८५८७५२, कोपिला देवकोटा ;-०५५६६०८४१५ उमा ढकाल:०५४२१३०५९४ र अन्य हिन्दु जागरण नेपाल अभियान इजरायलका सदस्यहरुलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय