रंगमञ्चबाट राजनितिमा बसाई सरिन नायिका ‘रञ्जु’

२०७१ मंसिर २, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

Ranjuनेपाली कथानक चलचित्र बसाइँबाट कलिउडमा चर्चामा आएकी नायिका रञ्जु लामिछाने रंगमञ्चबाट राजनीतिमा बसाइँ सरेकी छन् ।

भारतको सिक्किम निवासी नेपाली भाषी नायिका रञ्जु लामिछानेलाई सिक्किमको सत्तासीन पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले आफ्नो भगिनी संगठन चेली मोर्चाको पूर्वी जिल्ला सचिवमा नियुक्त गरेको छ । यसरी भारतको सक्रिय  राजनीतिमा प्रवेश गर्ने नेपाली चलचित्रकी नायिका सम्भवतः रञ्जु नै पहिलो हुन्।

नायिका  रञ्जुका पिता गोपाल लामिछाने एसडीएफ सरकारकै पालामा दुईपल्ट विधायक भएका थिए । “मलाई भने कलाको क्षेत्रमा जोडिएकोले राजनीतिमा आउँछु भन्ने लागेको थिएन”, रञ्जु भन्छिन्।

सन् २००४ मा सिने क्षेत्रमा प्रवेश गरेकी उनले चलचित्र बसाइँ पछि केही वर्ष नेपालमै बसेर मायालु, आवाज, भाग्यरेखा लगायतका चलचित्र र दुइ दिनको जिन्दगानी र दर्शन जिन्दगीको  नामक दुईवटा नेपाली टीभी सिरिय मा समेत अभिनय गरेकी थिइन्।

अब पूर्ण रुपले राजनीतिमा सक्रिय भएर सिक्किमवासी जनताका लागि काम गर्ने रञ्जुले बताइन् । पार्टीको एउटा महत्वपूर्ण जिम्मेवारी सुम्पिएकोमा पार्टी अध्यक्ष समेत रहेका मुख्यमन्त्री पवन चामलिङप्रति आभार प्रकट गरिन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय