विदेशमा जीन्दगी – सजना गुरुङ्, हाल इजरायल

२०७१ कार्तिक २६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

      saj

   – सजना गुरुङ्, हाल इजरायल

न खुलेर हाँस्न सक्छु न मन खुलेर रुन आज

सारा दु:ख एक्लै सहनु छ विदेशमा कसैको छैन साथ !

मन दुखी हुँदा रुने कोसँग आँसु छ आँखा भरी,

विदेशमा यो जीन्दगी बाँचिरहेको सजायसरी  !!

धर्म नै गरें सधै मन दुकाउन चाहिंन कसैको कहिले,

फेरिपनि किन, पापीले जस्तै सजाय भोगिरहेछु अहिले !

दैव तिम्रो न्याय यही हो, काँडा राख्यौ गरिव कै बाटोभरी !

विदेशमा यो जान्दगी बाँचिरहेछु सजायसरी !!

विदेशिनु वाध्य थिएँ की, पैसाको मोहमा म आफै आएँ,

विदेशिको ईशारामा नाच्ने कठपुतली जस्तै म आज भएँ !

यो दुख भोग्नु पर्दा आफैलाई म धिक्कार्छु घरीघरी,

विदेशमा यो जान्दगी बाँचीरहेछु सजाय सरी !!

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय