करिब रु पाँच करोडको लागतमा चलचित्र ‘बाग्मती’ निर्माण गरिने

२०७१ कार्तिक १६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

काठमाडौँ, १६ कात्तिक २०७१ । नेपाली कथानक चलचित्र ‘बाग्मती’ करिब रु पाँच करोडको लागतमा निर्माण भएको छ ।

Rajesअत्याधुनिक प्रविधिको प्रयोग गरी ४५ दिनमा छायाङ्कन गरिएको सो चलचित्र नेपाली चलचित्र उद्योगको क्षेत्रमा लगानीको दृष्टिकोणले सर्वाधिक महङ्गो हो ।   ट्री इन्टरटेनमेन्ट प्रालिले शनिबार यहाँ गरेको पत्रकार सम्मेलनमा निर्माता यशोदा राईले प्राचीन मानव सभ्यतासँग जोडिएको ‘वाग्मती’ नदी समय र परिवेशका कारण विकृत बन्दै गएकाले सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको बताउनुभयो ।

अभिनेता राजेश हमालले सामाजिक विषयवस्तुमा केन्द्रित  सो चलचित्रले अत्यन्त महत्वकाङ्क्षी उद्देश्य बोकेको र यसले नेपाली सिनेमाको स्तर वृद्धि गरी अन्तर्राष्ट्रिय तहमा पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गत असोज १ गते निर्माण सुरु गरिएको चलचित्रमा नदीको उद्गमस्थल वाग्द्वारदेखि चोभारसम्मका विभिन्न दृश्य प्रस्तुत गरिएको छ । आउँदो माघ १ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रमा हमाल, शिव श्रेष्ठ, केकी अधिकारीलगायतले अभिनय गर्नुभएको छ । सो संस्थाले चलचित्र पत्रकार सङ्घ, पत्रकार कल्याण कोषलाई रु ३० हजार १११ प्रदान गर्ने घोषणासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय