वावुले खाएको ऋण तिर्न नसकेर वन्धक वनाईएका वालकको उद्दार

२०७१ कार्तिक १५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आफुले खाएको ऋण तिर्न नसकेर सानो छोरालाई काममा लगाएर वेपत्ता हुने कस्ता वावु  होलान् ?  बुवाले होटलमा खाएको ऋण तिर्न नसकेपछि तीन बर्षसम्म बन्धक बनेका बालकको रुकुम पिपल गाविसबाट उद्धार गरिएको छ ।
रुकुम पिपल– ४ का लोकबहादुर खत्रीले दाङ्को तुलसीपुरमा सञ्चालन गरेको होटेलमा दाङ सैंघाका वीरबहादुर विकले खाएको र केही सापटी रकमको ऋण तिर्न नसक्दा बन्धक बनाइएका वीरबहादुरका छोरा रमेशको जिल्ला बालकल्याण समिति रुकुमको पहलमा उद्दार गरिएको छ ।
बाबुले खाएको ऋण तिर्न छोरा रमेश पहिले तुलसीपुरको होटल र पछि लोकबहादुरको रुकुमस्थित घरमा काम गर्दै आएका थिए । तीन वर्षपछि मुक्त भएका ११ वर्षीय बालकलाई  आफनो घर कहाँ हो भन्ने समेत थाहा छैन ।

बुवा बीरबहादुरले तुलसीपुरमा लोकबहादुरले सञ्चालन गरेको होटलमा २०६८ माघ मा खाना तथा बास बसेको र लिएको केही सापटी रकम समेत तिर्न नसकेपछि छोरालाई खत्रीको होटलमा जिम्मा लगाएका थिए ।

“एक महिना सम्म होटलमा खाए–बसेको र सापटी समेत गरी रु ३६ हजार तिर्न नसकेपछि बीरबहादुरले ६ महिनापछि पैसा लिएर आउँछु त्यसबेला सम्म मेरो छोरालाई यहीँ होटलमा राख्नु भन्ने कागज गरी छाडेका थिए,” लोकबहादुर भन्छन, “६ महिना सम्म पनि वीरबहादुर आएनन् र मैले रमेशलाई मेरै घर रुकुम पठाएँ ।”

बालक रमेशले खत्रीको घरमा बस्तु भाउको स्याहार र खेतमा काम गर्दै आएका थिए ।
उद्धारपछि आवश्यक प्रक्रिया पूरा गरेर बालकलाई जिल्ला बालकल्याण समिति दाङमा बुझाउने बालअधिकार अधिकृत मानबीर ओलीले बताए ।

रमेशका कोही पनि आफन्तमा सम्पर्कमा नआएको बाल कल्याण समितिले जनाएको छ । खत्रीले बालकलाई कामलगाए वापत ४० हजार रुपैयाँ प्रदान गरेका छन् ।
हिमाल खवर डट कमवाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय