हिन्दी फिल्म ‘रेस-2’ को पोस्टरलाई लिएर विवाद

२०७१ कार्तिक १२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अन्तराष्ट्रिय एजेन्सी

भारतको प्रमुख मुस्लिम संगठन जमीयत उलेमा-ए-हिंदले गएको शुक्रवार रिलिज भएको हिन्दी फिल्म \’रेस-2\’ को एउटा पोस्टरको विषयलाई लिएर विरोध जनाउदै भारतको प्रधानमन्त्री कार्यालय र सुचना तथा संचार मन्त्रालयलाई पत्र लेखी जीम्मेवार व्यक्तीको विरुद्द कारवाहीको माह गरेको छ ।
जमीयतका अनुसार रेस-2 को पोस्टरमा मुस्लिमहरुको पवित्र कुरानको एउटा महत्वपूर्ण आयतको प्रयोग गरिएको छ जसले मुस्लिम समुदायको भावनामा ठेस पुर्याएको छ ।
जमियत महासचिव मोहम्मदको तर्फबाट लिएको उक्त पत्रमा कलकत्ताको कैयौ स्थानहरुमा लगाइएको उक्त फिल्मको पोस्टरमा आयतल कुर्सी (कुरानको महत्वपूर्ण आयत) को प्रदर्शन गरिएको छ; यसले मुस्लिम समुदाय आक्रोसित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय