इजरायली सेनाका जवान गिल्लाद सलिट हमासको पञ्जाबाट मुक्त

२०७१ कार्तिक १३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एन आइ न्यूज इजरायल ( ४ जनवरी २०१२)

gilladकरिव साढ पाँच बर्ष अघि इजरायलको दक्षिणी भागमा अवस्थित गाँजा सिटीको ( प्यालेस्टाइन र इजरायलको सिमाना) नजिकै करिव १५/२० जनाको संख्यामा रहेका इजरायली सिमा सुरक्षाकर्मीहरुमाथि हमास लडाकुहरुद्वारा जमिन मुनिबाट सुरुङ खनी आक्रमण गर्दा आक्रमणमा परि दुई जना इजरायली सुरक्षाकर्मीको मृत्यु भएको थियो भने एकजना गिल्लाद सलिट नामक इजरायली सुरक्षाकर्मीको घाइते अवस्थामा हमास लडाकुहरुले पक्राउ गरी अपहरण गरेका थिए । त्यसैवेलादेखि हमासको कव्जामा रहेका इजरायली सेनाका जवान गिल्लाद सलिटलाई हमासले आज विहान करिव सवा दश बजे इजरायल सरकारलाई हस्तान्तरण गरेको छ ।

इजरायल सरकारले हमासबाट गिल्लाद सलिटलाई छुटाउनको निम्ति निरन्तर प्रयासरत थियो तर हामासले उनलाई छोड्नको निम्ति सोहीवेलादेखि नै इजरायल सरकारले प्यालेस्टाइनी नागरिकहरु जो विभिन्न अपराधिक घटनामा मुछिएका, युद्दको समयमा पक्राउ परेका र अन्य अवस्थामा पक्राउ परेका हजारौ प्यालेस्टाइनी नागरिकहरुमध्ये आफ्ना ठूला ठूला नेताहरु लगायत प्यालिस्टाइनी नागरिकहरुलाई छुटाएमा गिल्लाद सलिटलाई छोड्ने माग राख्दै आएको थियो । सोही अनुरुप इजरायल सरकारले गिल्लाद सलिटलाई छुटाउन हमासका १०२७ जना प्यालेस्टाइनी वन्दी नागरिकहरुलाई छोड्न सहमत भएकोले आज गिल्लाद सलिटलाई हमासको पञ्जाबाट छुटाउन सफल भएको छ ।

गिल्लाट सलिटलाआ विगत ३ बर्षअघिदेखि उनका आफन्त लगायत सम्पूर्ण देशसँग सम्पर्कमा राखिएन तर करीव २ बर्षअघि उनको भिडियो डेप इजिप्ट सरकार मार्फत इजरायल सरकार र गिल्लाद सलिटका आफ्न्तलाई पठाएइको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय