१५ वर्षदेखि आफ्नै घरमा नजरबन्दमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी मुक्त

२०७१ कार्तिक १३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

एटीभी

१५ वर्षदेखि आफ्नै घरमा नजरबन्दमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई शनिबार मुक्त गरिएको छ। मुक्त भए लगत्तै सुकीले आफ्नो घर अगाडि जम्मा भएका हजारौं कार्यकर्तालाई प्रजातन्त्र प्राप्तिका लागि ऐक्यबद्ध भई अघि बढ्न आह्वान गर्नुभएको थियो।
मुक्त भए लगत्तै सुकीले घर अगाडी जम्मा भएका हजारौ समर्थकलाई अभिभावदन गरेकी छिन्। सन् उन्नाइस सय ९० मा म्यान्मारमा भएको आमनिर्वाचनमा सुकीको नेशनल लिग अफ डेमोक्रेसीले चार सय बयानब्बेमध्ये तीन सय बयानब्बे सिट जित्न सफल भएको थियो। तर, म्यानमारको सैनिक सरकारले सो निर्वाचन परिणामलाई अस्वीकार गर्दै सुकीलाई नजरबन्द अवस्थामा राखेको थियो। यसै महिनाको सुरुवातमा बीस वर्षपछि भएको पहिलो निर्वाचनमा म्यानमारको सैनिक सरकार जुन्ता समर्थित समूहले ठूलो जित हात पारेको केही समयमा नै सुकीलाई रिहा गरिएको हो। सो निर्वाचनमा अन्तर्राष्ट्रिय परिवेक्षक र अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई परिवेक्षण गर्न दिइएको थिएन भने अन्तर्राष्ट्रिय जगतले सो निर्वाचनको परिणामलाई अस्वीकार गर्दै आएको छ। नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायले पटक पटक दबाब दिदै आएका थिए। सुकीको नजरबन्द अवधी गत वर्ष नै सामाप्त हुनु पर्ने भए पनि एक जना अमेरिकी नागरिक सुकीको घर नजिकैको तालको बाटो भएर उनको घरसम्म पुगेको खबर सार्बजनिक भएपछि सैनिक सरकारले नजरबन्दको अवधी अठार महिनाका लागि थप गरेको थियो। सुकीको पारिवारिक पृष्ठभुमि नै प्रजातन्त्रको पक्षधर थियो। सुकीका पिता आङसाङ आधुनिक बर्मेली सेनाका संस्थापक हुनुका साथै सन् १९४७ मा बेलायती उपनिवेश अन्त्य गर्ने मध्यस्तकर्ता पनि हुनुहुन्थ्यो। सन् १९४७ मा नै विपक्षीहरुले उनको हत्या गरेका थिए। सुकीकी आमा खिन कि नयाँ बर्मोली सरकारमा निक्कै शक्तिशाली व्यक्ती थिइन्।
सन् १९६० मा खिन कीलाई भारत र नेपालका लागि बर्मेली राजदूतका रुपमा नाममा नियुक्त गरिएको थियो। सुकीले नयाँ दल्लीको लेडि श्रीराम कलेजबाट स्नातक तह उर्तिण गरेकी हुन्। त्यसपछि उनले सन् १९ सय ६९ मा बेलायतको अक्सफोडस्थित सेन्ट ह्यूग कलेजबाट पनि दर्शन शास्त्र, राजनीति र अर्थशास्त्रमा स्नातक उत्तिण गरिन्। सन् १९७२ मा सुकीले भुटानमा बस्दै आएका अमेरिकी नागरिक डक्टर मिचेल एरिससित विवाह गरिन्। विवाहको एक वर्षपछि सुकीको पहिलो सन्तानका रुपमा एलेकजेन्डर एरिसको जन्म भयो।
त्यस्तै सन् १९७७ मा उनको दोस्रो सन्तानका रुपमा किम एरिसको जन्म भयो। सन् १९८५ मा सुकीलाई युनिर्भसिटी अफ ल48डनबाट पिएचडिको उपाधी प्रदान गरियो। सन् १९८८ मा आफ्नो विरामी आमाका स्याहार गर्न र बर्मामा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न सुकी स्वदेश फर्किइन्। सन् १९९५ मा सुकीले आफ्ना पति एरिससँग अन्तिम पटक भेट गरिन्। सन् १९९७ मा एरिसलाई क्यान्सर भएको पत्ता लाग्यो र बर्मेली सैनिक सरकारले सुकीले देश छाडेमा फर्किन नदिने भनेपछि उहाँले देश नछाड्ने निर्णय गरिन्। सन् १९९९ मा सुकीका पति एरिसको मृत्युभयो। हाल सुकीका दुवै छोरा बेलायतमा बसोबास गर्दै आएका छन्। सुकीको रिहाइले पुनः एक पटक लोकतन्त्रको जीत हुने पुष्टि गरेको छ। सुकीको पार्टीलाई भाग लिन नदिइएको निर्वाचनको परिणाम अन्तर्राष्ट्रिय जगतबाट अस्विकृत भइरहेका बेला उनको रिहाइले म्यानमारको सैनिक शासक जुन्ता माथि थप दवाव पर्नेछ। विश्व राजनीतिमा क्रान्ति र प्रतिक्रान्तिको अनवरत पैठेजोरी चलिरहँदा नोवेल शान्ति पुरस्कार विजेता शुकीको रिहाइले सन्सारमा पुनः एक पटक लोकतन्त्रको रक्तसञ्चार सञ्चारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय