स्क्वास च्याम्पियनसिपकको सेमिफाइनलमा अमृत र सुरज तथा हिराबहादुर र प्रविणवीर भिड्ने

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७१ कार्तिक १३, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

khel-finalदोस्रो सिभिल बैंक खुल्ला स्क्वास च्याम्पियनसिपको सेमिफाइनलमा अमृत थापा र सुरज श्रेष्ठ तथा हिराबहादुर थापा र प्रविणवीरसिंह कंसाकार भिड्ने भएका छन् ।सातदोबाटोस्थित स्क्वास कोर्टमा विहीबार भएको क्वाटरफाइनलमा विनोदरत्न शाक्यलाई ३–१ ले हराउँदै साविक विजेता अमृत सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा उनका प्रतिद्धन्द्धी सुरज श्रेष्ठले अन्तिम आठको भिडन्तमा सुरेश गुरुङलाई ३–० ले पराजित गरे ।क्वाटरफाइनलकै अन्य खेलहरुमा हिराबहादुर थापाले पदमबहादुर थापालाई ३–० ले तथा प्रविणवीरसिंह कंसाकारले छिरी लामालाई ३–० ले पराजित गरे ।उता, ५० वर्षमाथिको भेट्रान्सतर्फ प्रेम सिंहलाई ३–० ले हराउँदै लालबहादुर गुरुङ फाइनलमा प्रवेश गरे । गुरुङले अब किशोर महर्जन र मनोज बहादुर श्रेष्ठबीचको सेमिफाइनल विजेतासँग खेल्नेछन् ।सिभिल बैंकको प्रायोजनमा भइरहेको प्रतियोगितामा विभिन्न चार विधामा ७८ खेलाडी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..