क्यापिटल वान कपमा चेल्सी र लिभरपुल विजयी

२०७१ कार्तिक १३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

fooइंग्लिस क्यापिटल वान कप फुटबल प्रतियोगिताअन्तर्गत् गएरातिका खेलमा दावेदार क्लबहरु चेल्सी र लिभरपुल विजयी भएका छन् । लिग तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले नकआउट प्रतियोगिता क्यापिटल वानमा समेत स्तरीय प्रदर्शन गर्नेक्रममा स्रीउस्बरी टाउनलाई २–१ ले हरायो ।यसैगरी, लिभरपुलले प्रिमियससिप प्रतिद्धन्द्धी स्वान्सी सिटीलाई २–१ ले नै पराजित गर्‍यो ।क्यापिटल वान कपका अन्य खेलहरुमा शेफिल्ड युनाइटेडले एमके डन्सलाई २–१ ले, डर्बी काउन्टीले फुल्हमलाई ५–२ ले तथा बर्नमाउथले वेस्ट ब्रोमलाई २–१ ले पराजित गरे ।गएरातिका खेलमा विजयी हुने टोलीहरु क्यापिटल वान कप अर्थात् इंग्लिस लिग कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय