
ए1न्यूज नेपाल काठमाडौं, चैत्र ७
ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएर शानदार प्रदर्शनसंगै ऐतिहासिक सफलता हात पार्दै आज स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत गरिएको छ । अन्तराष्ट्रिय विमानस्थलमा उनीहरूको स्वागतको लागि खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, नेपाल क्रिकेट संघका पदाधिकारीहरु, वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हजारौं समर्थकहरू पुगेका थिए । खेलाडिहरूलाई भव्य स्वागत गर्दै राजधानीका विभिन्न शहरहरूमा परिक्रमा गराईएको थियो ।
दुई हजारभन्दा वढी खेलप्रेमीहरु नेपालको राष्ट्रिय झण्डा लिएर विमानस्थल पुगेका थिए । उपस्थितहरू देशको शिर उचो राखेकोमा नारावाजी गर्दै खुसीले नाचिरहेका देखिन्थे ।
भिडियो हेर्नुहोस्