इन्डियन आइडल २ विजेता प्रसान्त तामाङ सेवाबाट निलम्वित

२०७१ कार्तिक १३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
दार्जिलिङबाट प्रकाशित राष्ट्रिय दैनिकको सहयोगमा

भारतिय चर्चिय टेलिभिजन सोनीबाट प्रसारण हुने कायक्रम इन्डियन आइडलको खिताव जीत्न सफल दार्जिलिङका नेपाली भाषी प्रशान्त तामाङअनुसासन भंग गरेको आरोपमा उनी कार्यरत भारतिय प्रहरीको सेवाबाट विभागिय कारवाहीमा परेका छन् ।
भारतको कलकत्ताबाट प्रकाशित वंगला दैनिकमा उनलाई अनुसासन भंगको आरोपमा विभागिय अधिकारीले नोकरीबाट निलम्वन गरेको समाचार छापिएको छ ।
दार्जिलिङको तुङसुङमा जन्मेका तामाङ स्थानिय सन्त रोवर्ट उच्चतर माध्यामिक विद्यालयमा अध्यनरत रहेकै अवस्थामा  भारतिय प्रहरीको नोकरीमा कार्यरत तामाङका वावु मदन तामाङको निधन भएपछी छोराले प्रहरीमा भर्ना पाएका थिए । कलकत्ता  प्रहरीमा एक जवानको रुपमा कार्यरत १९९४३ नम्वरवाहक  तामाङ २००९ देखि २०१४ भित्रमा १८७० दिन आफ्नो ड्युटीमा अनुपस्थित रहेका थिए । फलस्वरुप विगत १३ जुनको दिन प्रशान्त prasतामाङलाई विभागिय अधिकारीले कारण देखाउ आदेश जारी गरेको थियो ।
वाल्यकालदेखि नै संगीत क्षेत्रमा अधिक रुँचि राख्ने भएकाले कलकत्ता प्रहरीमा भर्ना भएपछि पनि तामाङले आफ्नो रुचिमा रहेको संगीतको अभ्यासलाई निरन्तरता दिइरहे भने प्रहरी सेवामा रहेर  पनि उनले त्यहाँस्थित एउटा ब्यान्डमा सहभागी जनाउदै आफ्नो संगीत यात्रालाई थप बल पुर्याउने काम गरे । यसै क्रममा सन् २००७ मा चर्चित भारतिय टेलिभिजन च्यानल सोनीबाट प्रसारण हुने इन्डियन आइडल प्रतियोगितामा अंश ग्रहण गरे । उनको इन्डियन आइडल प्रतियोगितामा प्रेवशको कारणले भारतिय गोर्खालीहरु लगायत रसम्पूर्ण नेपालीहरुलाई समेत उत्साहित वनायो । यहाँसम्मकी प्रशान्त तामाङलाई दोस्रो इन्डियन आइडलको खिताव दिलाउन प्रशान्त दार्जिलिङ लगायत भारितिय गार्खालीहरुको बसोवास रहेका स्थानहरुमा  फ्यान क्लवको स्थापना गरी प्रचारप्रसार गरियो । यसरी अन्तत सम्पूर्ण नेपालीहरुबाट ७ करोड भोट प्राप्त गरी तामाङ इन्डियन आइडल २ को खिताव जीत्न सफल भएका थिए । उनको यस सफलताको निम्ती उनका प्रहरी सहकर्मीहरुदेखि लिएर पुलिस सैनिकहरुले पनि सहयोग गरे । सो प्रतियोगितालाई लिएर भारतीय गोर्खा एवम् नेपालीहरुले एकताको परिचय दिएका थिए भने दार्जिलिङ पहाडको राजनैतिक पृष्ठभुमिमा आँधि आएको थियो ।
इन्डियन आइडल भएपछि उनले थुप्रै नेपाली चलचित् हरुमा नायकको रुपमा भुमिका निभाइसकेका छन् भने थुप्रै गिती एल्वम पनि निकालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय